default_image

5 years ago

April 27, 2020

स्वदेशमै बसे सम्झौता रद्द हुनसक्ने

113 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइन निकै कठिन परिस्थितिमा छन् । हाल अर्जेन्टिनामा रहेका उनी इटाली नफर्केको खण्डमा सम्झौता रद्द हुने सम्भावना रहेको छ ।

हिगुआइन कोरोनाको कहर सुरु हुनेबेला नै अर्जेन्टिना फर्केका थिए । तर अहिले उनी फर्कने वा नफर्कने भन्ने प्रष्ट नहुँदा युभेन्टसले उनको सम्झौता रद्द गर्ने सम्भावना पनि देखेको छ । हिगुआइन आफ्नो आमा न्यान्सी जाकारियास बिरामी भएकाले उनी सँगै अर्जेन्टिनामा रहन चाहन्छन् ।

हिगुआइन क्लबसँग छलफल नगरी नै अर्जेन्टिनामै बसेका छन् । क्लबले पनि प्रशिक्षण सुरु नहुँदा कुनै समस्या नरहेको बताएको छ । तर अब केहि दिनमा नै इटालीमा क्लबहरुले प्रशिक्षण सुरु गर्ने तयारी गरिरहँदा हिगुआइनको अवस्था भने प्रष्ट हुन सकेको छैन ।

हिगुआइनसँग अब तीन विकल्प रहेको छ । एउटा सिजन समाप्त गर्न केहि समयको लागि इटाली फर्कने, अथवा युभेन्टससँग छलफल गरेर अर्जेन्टिनामै बस्ने वा क्लबसँग सम्पर्क नगरी अर्जेन्टिना बस्ने र सम्झौता रद्द भएको अवस्था निम्त्याउने । हिगुआइनलाई क्लबले यस सिजनको अन्तिममा बेच्ने तयारी गरेपनि उनको सम्झौता अर्को सिजन सकिँदैछ ।

हिगुआइन पछिल्लो एक महिनायता अर्जेन्टिनामै छन् । क्लबका दुई खेलाडीमा कोरोना देखिएपछि उनी स्वदेश फर्केका थिए । उनी फर्कने क्रममा प्रहरीले उनलाई रोकेपनि परिक्षण नेगेटिभ भएको प्रमाणपत्र देखाएपछि उनी व्यक्तिगत जहाजमा फर्केका थिए । युभेन्टसले उनलाई अर्जेन्टिना जान स्वीकृति दिएपनि हाल फर्कने विषयमा कुनै छलफल हुन सकेको छैन ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.