9 years ago
August 2, 2016
काठमाडौं (हाम्रो खेलकुद) –एएफसि कपको तयारीमा रहेको थ्री स्टार क्लबसँग फिटनेसकालागी प्रशिक्षण गर्दै गरेका बिमल बुधवारबाट राष्ट्रिय टोलीबाट बाट पुन: प्रशिक्षण सुरु गर्ने छन् ।
आफ्नो औपचारिक फेसबुकमा बिमलले भोलीबाट प्रशिक्षण सुरु गर्ने कुरा खुलाएका हुन् ।
“भन्छन् समयले घाउ निको पार्छ तर यो चोट निकै ठूलो छ । आज आमाको माया र हजुरहरुको साथले मैदानमा फर्केको छु ।भोलिबाट देशकोलागि खेल्न राष्ट्रिय टोलिबाट प्रशिक्षण पुन: सुरु गर्दै छु ।” , बिमल घर्ती मगर
आफ्नो बहिनी मनिशाको निधन पछी बेल्जियमबाट नेपाल फर्किएका बिमल करिब २ महिना भन्दा धेरै समय देखी फुटबल खेलेको थिएनन् ।
बाङ्लादेशसँगको मैत्रीपूर्ण खेल रद्द भए पछी नेपाली फुटबल टोली भावी खेलकोलागी प्रशिक्षण गर्दै छ ।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]