5 years ago
April 27, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जर्मन क्लब बोरुसिया डर्टमन्ड तथा इंग्ल्यान्डका युवा स्टार जाडोन सान्चो अनुबन्ध गर्नको लागि दुई खेलाडी बेच्ने योजना अघि सारेको छ ।
युनाइटेडले सान्चोका लागि फ्रान्सेली मिडफिल्डर पल पोग्बा र इंग्लिस जेसे लिंगार्डलाई आउदो समर ट्रान्सफरमा बिक्री गर्ने योजना अघि सारेको हो । म्यानचेस्टर युनाइटेडका प्रमुख इड उडवार्डले आफ्ना म्यानेजरसँग खेलाडी खरिदका लागि खेलाडी बेचेरै रकम जम्मा गर्न निर्देशन दिएपछि युनाइटेडले सान्चोलाई भित्र्याउन रकम उठाउने प्रयासमा छ ।
त्यसैले दुई खेलाडीलाई बिक्री गर्ने योजना अघि सारेको दि सन पत्रिकामा उल्लेख छ । पोग्बा र क्लबको सम्बन्ध पछिल्लो समय खराब रहेको छ । उनी लामो समयदेखि मैदान बाहिर छन् । प्रशिक्षक सोल्सजरले उनलाई आफ्नो योजनामा नराख्ने भएका छन् ।
सान्चोको मुल्य एक सय मिलियन पाउण्ड राखिएको छ । उनले यो सिजन डर्टमन्डका लागि ३५ खेलमा १७ गोल गर्नुका साथै १९ असिस्ट दिएका छन् । डर्टमन्डमा सान्चोको सम्झौता २०२२ को समरसम्म रहेको छ । म्यानचेस्टर सिटीमा हुर्किएका सान्चो २०१७ मा डर्टमन्ड पुगेका थिए । त्यहाँ उनले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । सान्चो अनुबन्ध गर्न अन्य क्लबहरुले पनि चासो दिइरहेका छन् ।
रकम जम्मा गर्नको लागि युनाइटेडले मार्काेस रोजो, क्रिस स्मलिङ, एन्ड्रियस पेरेरालाई पनि रिलिज गर्न सक्नेछ । लिंगार्डले प्रशिक्षक ओले गनर सोल्सायरको मन जित्न सकेका छैनन् । युनाइटेडका मिडफिल्डर पोग्बा खरिदका लागि युभेन्टस इच्छुक देखिएको छ । उसले पोग्बा भित्र्याउन आरोन राम्से, मिरालिम प्यानिच र एड्रियन रबियोटलाई बेच्ने योजना अघि सारेको छ ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]