default_image

5 years ago

April 26, 2020

म्याराडोना सबैभन्दा खराब मानिस हुन्

114 views

0 Bookmark

एजेन्सी – इटालीमा आयोजना भएको सन् १९९० को विश्वकप फाइनलमा जर्मनीले अर्जेन्टिनालाई पराजित गर्दै उपाधि जितेको थियो । उक्त खेलका रेफ्री एडगार्डो कोडसालले अर्जेन्टिनाका कप्तान डिएगो म्याराडोना सबैभन्दा खराब मानिस भएको बताएका छन् ।

फाइनलमा अर्जेन्टिना पराजित भएपनि खराब व्यवहारका कारण म्याराडोनाको खुब चर्चा भएको थियो । रेफ्री कोडसालले आजसम्म पनि उनको व्यवहार भुल्न नसकेको बताए । उक्त खेलमा रेफ्री कोडसालले अर्जेन्टिनाका पेड्रो मन्जनलाई रातो कार्ड देखाएका थिए ।

‘मैले म्याराडोनालाई पनि त्यसबेला रातो कार्ड दिन सक्थें । उनले कहिल्यै पनि अनुशासन बुझेनन्,’ उनले भने, ‘ मैले जब मन्जनलाई रातो कार्ड देखाएँ, उनले कराउँदै मकहाँ आए र फिफाले भ्रष्टाचार गरेको बताए । मैले उनलाई त्यसबेला बाहिर पठाउन सक्थें ।’

कोडसालले उक्त खेल सुरु हुनुअघि नै म्याराडोनालाई रातो कार्ड दिन सक्ने अवस्था रहेको बताए । ‘ यदि मैले चाहेको भए उनलाई उक्त खेल सुरु हुनुअघि नै बाहिर पठाउन सक्थें । उनले त्यसबेला मैदानमा उपस्थित दर्शकलाई दुर्व्यवहार गरेका थिए,’ म्याराडोनाले अपशब्द बोल्दै दर्शकहरुलाई माझि औंला देखाएको क्षणलाई इंगित गर्दै उनले भने ।

‘मैले उनलाई सम्झाएर उनी एक खेलाडी भएको बताएँ । उनी विश्वकै उत्कृष्ट खेलाडी थिए तर उनले यो कहिले पनि बुझेनन्,’ कोडसालले थपे । उनले म्याराडोनाको व्यवहार खराब भएपनि खेल्ने क्षमतामा भने उनि अद्भुत रहेको बताए । ‘ खेलाडीको रुपमा उनले सधैं मिहिनेत गरे । मेरो सधैं सम्मान रहनेछ,’ उनले भने ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.