5 years ago
April 26, 2020
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लगायत सम्पूर्ण सदस्य राष्ट्रलाई कोरोनाबाट निम्तिने आर्थिक संकटलाई टार्न आर्थिक सहयोग गर्ने भएको छ ।
फिफाले जारि गरेको प्रेस विज्ञप्ति अनुसार हरेक राष्ट्रले ५ लाख अमेरिकी डलर (नेपालीमा ६ करोड रुपैयाँ) सहयोग प्राप्त गर्नेछन् । यसबाहेक विभिन्न शीर्षकमा फिफाले प्रदान गर्दै आएको आर्थिक सहयोग पनि विगतभन्दा छिट्टै उपलब्ध गराइनेछ । सन् २०१९ र २०२० मा उपलब्ध गराउन बाँकी रहेका सम्पूर्ण रकम तुरुन्त उपलब्ध गराइने फिफाले जनाएको छ ।
कोरोनाका कारण फुटबल संघहरुलाई आर्थिक रुपमा कठिनाइ नहोस भनेर यो कदम चालिएको फिफाले जनाएको छ । यसका लागि फिफाले १ सय ५० मिलियन डलर रकम फिफाका २ सय ११ फुटबल संघलाई बाँड्नेछ ।
‘कोरोना महामारीले गर्दा विश्व फुटबलले नै ठूलो समस्या भोग्नुपरेको छ । यस्तो अवस्थामा फिफाले आफ्ना फुटबल संघको बारेमा सोच्नु आवश्यक छ,’ फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने, ‘ हामीले सुरुवाती प्रक्रियामा सबै संघलाई आर्थिक सहयोग गर्ने निर्णय गरेका छौं । आम्दानी नभएको अवस्थामा यसले केहि हदसम्म राहत प्रदान गर्नेछ ।’
एन्फाले संघको सम्पूर्ण कार्यसंचालन तथा विभिन्न कार्यक्रमका लागि फिफाबाट सहयोग लिने गरेको छ । फिफा फरवार्ड प्रोग्राम अन्तर्गत विभिन्न शीर्षकमा सन् २०१९ र २०२० मा एन्फाले पाउँदै आएको सहयोग पनि अहिले नै उपलब्ध गराइनेछ । यद्यपि सम्पूर्ण सहयोग यसअघि तोकिएको शीर्षकमा नै खर्च गर्नुपर्ने फिफाले जनाएको छ ।
फिफाले पछिल्ला वर्षहरुमा संस्था आर्थिक रुपमा बलियो भएका कारण नै यो कदम चाल्न सकिएको बताएको छ । यसपछि के कस्तो कदम चाल्नेबारे भने छलफल भइरहेको फिफाले जनाएको छ ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]