default_image

5 years ago

April 25, 2020

मेस्सीको जर्सीमा स्टर्लिङको नजर

102 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड र म्यानचेस्टर सिटीका स्टार रहिम स्टर्लिङलाई जर्सी संकलनको सौख छ । तर, अहिले सम्म उनले चाहेको एउटा जर्सी भने पाउन सकेका छैनन् ।

बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीको जर्सीका लागि भने उनी निकै आतुर रहेका छन् । उनले भने, ‘म एउटा त्यस्तो जर्सीको पर्खामा छु त्यो भनेको मेस्सीको जर्सी हो ।’ २५ वर्षे फरवार्डले भने उनको घरमा दुई वटा कोठामध्ये एउटा ट्रफी र अर्को कोठामा जर्सी राख्ने उनको योजना रहेको छ । जहाँ उनले खेल जीवनमा प्राप्त गरेको ट्रफी र संकलन गरिएका जर्सी सजाइनेछ ।

अब स्टर्लिङले चाहेको एउटा मात्र जर्सी हुने वित्तिकै उनले त्यसलाई सबै भन्दा उत्कृष्ट संकलन मान्नेछन् । ‘मेरा लागि अब एउटा मात्र संकलन गर्न बाँकी भनेको मेस्सीको जर्सी हो। जति बेला हामीले बार्सिलोनासँग खेलेका थियौं त्यो बला नेयमारको सर्ट पाए । मैले पहिलो पटक मागेको जर्सी त्यहि हो’, उनले भने, ‘जहिले म आफ्नो जीवनबाट विश्राम लिनेछु र कतै बस्नेछु । आशा छ त्यहाँ मैले संकलन गरेका जर्सी र ट्रफी हुनेछन् ।’

कोरोना भाइरसका कारण अहिले प्रिमियर लिगसहित युरोपका सबै फुटबल गतिविधि स्थगित छन् । स्टर्लिङ अहिले इप्रिमियर लिग इन्भिटेसनल फिफा २० टुर्नामेन्टमा सिटीका तर्फबाट प्रतिनिधित्व गरिरहेका छन् । उनले प्रिमियर लिगमा सिटीका लागि ११ गोल तथा च्याम्पियन्स लिगमा ५ गोल गरेका छन् ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.