default_image

5 years ago

April 25, 2020

इकार्डीले हिगुआइनको स्थान लिने सम्भावना

130 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले हाल पीएसजीमा खेलिरहेका अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीलाई टुरीन ल्याउने प्रयास गर्ने भएको छ ।

इकार्डीको भविष्य पीएसजीमा सुनिश्चित नदेखिएपछि उनकी एजेन्ट तथा श्रीमती वान्डा नाराले इटालीमा नै क्लब खोज्ने बताएकी थिइन् । गत सिजनको सुरुवातमा नै युभेन्टसले इकार्डीलाई विकल्पको रुपमा राखेको थियो । तर यस सिजन गोन्जालो हिगुआइन क्लब छाड्ने भएसँगै अब इकार्डीको सम्भावना बलियो देखिएको हो । हिगुआइनको यस सिजन प्रदर्शन खस्किएको कारण पनि उनको विकल्प खोजिएको हो ।

इकार्डी इन्टर मिलानबाट लोनमा पीएसजी पुगेका हुन् । इन्टरको प्रशिक्षक एन्टोनियो कोन्टे र व्यवस्थापनसँग खटपट परेपछि उनलाई टोलीमा राखिएको थिएन । अब इन्टर उनलाई स्थायी रुपमा नै अन्यत्र पठाउने तरखरमा छ । इन्टरले उनको स्थानमा रोमेलु लुकाकुलाई मोटो रकममा खरिद गरिसकेको छ ।

युभेन्टसले भने इकार्डीलाई भित्र्याउन ट्रान्सफर रकमसँगै ३१ वर्षीय मिडफिल्डर जुआन क्वाडराडोलाई इन्टर पठाउने प्रयास गर्नेछ । इन्टरलाई हाल राइट विंग पोजिसनमा खेलाडी चाहिएको र कोरोनाका कारण आर्थिक अवस्था नाजुक बनेपछि खेलाडी अनुबन्धनमा एक अर्कासँग साटफेर गर्ने विकल्प क्लबसँग रहनेछ ।

इकार्डीले जारि सिजन पीएसजीका लागि ३१ खेलमा २० गोल गरेका छन् । यसअघि बार्सिलोनाले इकार्डीमाथि नजर राखेपनि अर्का अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले प्रभाव जमाएपछि बार्साले उनलाई विकल्पको रुपमा अगाडी सारेको छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.