5 years ago
April 25, 2020
एजेन्सी – नेदरल्यान्ड्सको फुटबल संघले शीर्ष डिभिजन लिग एरिडेभिजे रद्द गर्ने निर्णय गरेको छ । लिगको अन्तिम ९ चरणको खेल बाँकी रहँदा उपाधि विजेता निर्क्यौल नगरी लिग रद्द गरिएको हो ।
राष्ट्रिय सरकारले सेप्टेम्बर १ सम्म खेलकुदका सम्पूर्ण कार्यक्रमहरु नगर्न निर्देशन दिएपछि नेदरल्यान्ड्सले लिग रद्द गर्नुको विकल्प नरहेको बताएको छ । यसपटक लिग फुटबलमा कुनै टोली पनि बढुवा घटुवा नहुने स्पष्ट पारेको छ । लिग उपाधि पनि कसैले नजित्ने भएका छन् ।
लिगको शीर्ष स्थानमा रहेको आयाक्स र एजे आल्कमार समान अंकमा रहेका थिए । गोलअन्तरको आधारमा आयाक्स अगाडी रहेपनि संघले उपाधि हस्तान्तरण नगर्ने निर्णय गरेको हो । दोस्रो श्रेणीमा बढुवा हुने लगभग पक्का भएको क्याम्बरले अर्को सिजन दोस्रो श्रेणीमा नै खेल्नुपर्ने भएको छ । क्याम्बर ११ अंक अग्रतासहित शीर्षस्थानमा रहेको थियो ।
संघले यस विकराल परिस्थितिमा गरिएको निर्णयले केहि पक्षलाई समस्या पर्ने बताउँदै उचित विकल्प रोजिएको बताएको छ । सन् १९५६ देखि सुरु भएको लिगमा पहिलो पटक उपाधि जित्ने टोलीको छिनोफानो लाग्न सकेन । अब आयाक्स र आल्कमार दुवै च्याम्पियन्स लिग छनोटमा सहभागी हुनेछन् । तेस्रो स्थानको फेयेनुर्ड युरोप लिगको समूह चरण तथा पीएसभी र विलेमले छनोट चरण खेल्नेछन् ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]