5 years ago
April 24, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यसै सिजन इंग्लिस क्लब टोटेनहम आइपुगेका मिडफिल्डर टान्गी एनडोम्बेलेलाई अनुबन्ध गर्न लन्डन क्लबसमक्ष खेलाडी साटफेर सहितको प्रस्ताव राख्ने तयारी गरेको छ ।
बार्सिलोनाले मिडफिल्डमा कमजोर स्थितिलाई सुल्झाउन फ्रान्सको राष्ट्रिय टोलीबाट खेलिरहेका मिडफिल्डरलाई अनुबन्धन गर्न खोजेको हो । एनडोम्बेले यसै सिजन टोटेनहम आएपनि प्रशिक्षक माउरिसियो पोचेटिनोले छोडेपछि जम्न सकेका छैनन् । प्रशिक्षक जोसे मोउरिन्होले उनले खेलमा धेरै मिहिनेत नगरेको भन्दै आलोचना समेत गरेका थिए ।
चोटका कारण केहि समस्यामा परेका उनले जारि सिजन २९ मध्य १२ खेलमा मात्र सुरुवात गरेका छन् । बार्सिलोनाले एनडोम्बेलेका लागि फ्रान्सेली डिफेन्डर स्यामुएल उम्टिटी र पोर्चुगिज डिफेन्डर नेल्सन सेमेडोलाई इंग्लिस क्लब पठाउने तयारी गरेको छ । दुवै खेलाडी पछिल्लो समय पहिलो रोजाईमा पर्न संघर्ष गरिरहेका छन् ।
टोटेनहमलाई पनि यहि दुई पोजिसनका खेलाडी आवश्यकता परेको कारण सम्झौताबारे छलफल हुने अपेक्षा गरिएको छ । त्यसो त कोरोना संक्रमणका कारण आर्थिक अवस्था कमजोर हुँदा आउने ट्रान्सफर विन्डोमा खेलाडी साटफेर धेरै हुने आँकलन गरिएको छ ।
यस्तो अवस्थामा यो ट्रान्सफर दुवै पक्षका लागि फलदायी हुने देखिन्छ । मोउरिन्होले एनडोम्बेले आफ्नो योजना भए नभएको प्रष्ट पारेपछि क्लबहरुबीच छलफल हुने बुझिएको छ ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]