5 years ago
April 24, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा रियल सोसीडाड पुगेका मिडफिल्डर मार्टिन ओडेगार्डले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी अर्को सिजन म्याड्रिडमै खेल्ने भन्नेमा भने क्लबका अर्का मिडफिल्डर लुका मोड्रीचमा निर्भर छ ।
सोसीडाडले ओडेगार्डलाई दुई वर्षका लागि लोनमा अनुबन्ध गरेको हो । तर लिगकै उत्कृष्ट मिडफिल्डर रहेका ओडेगार्डलाई म्याड्रिडले एक सिजन अघि नै फिर्ता बोलाउने सम्भावना पनि रहेको छ । उनको उत्कृष्ट लय र मोड्रीचको बढ्दो उमेरसँगै खस्कँदो प्रदर्शनले रियल उक्त विकल्पतर्फ पनि अध्ययन गरिरहेको छ ।
मोड्रीचले अर्को सिजन पनि क्लबमै बस्ने निर्णय लिएको अवस्थामा सम्भवत ओडेगार्ड सोसीडाडकै जर्सीमा अर्को सिजन देखिनेछन् । तर मोड्रीचका लागि अन्यत्रबाट राम्रो प्रस्ताव आएमा रियलले उनलाई पठाएर ओडेगार्डलाई फिर्ता बोलाउन सक्छ । यसले रियललाई दोहोरो फाइदा हुने देखिन्छ ।
मोड्रीच सिजनको मध्यतिर इटालियन क्लब एसी मिलानसँग नजिकिएको खबर आएको थियो । तर मिलानले क्लबका निर्देशक बोबानलाई पदमुक्त गरेसँगै त्यो सम्भावना पातलिएको छ । बोबान मोड्रीचका नजिकका साथी थिए ।
त्यसो त रियलले यस ट्रान्सफर विन्डोमा मोड्रीचभन्दा पहिले ग्यारेथ बेल, हामेस रोड्रीग्वेज र मारियानो डियाजको अवस्थालाई सुल्झाउनु पर्नेछ । कोरोनाका कारण आर्थिक मन्दी बढेकाले रियललाई थप समस्या हुने देखिन्छ । हामेसलाई डेविड बेकह्यामले मेजर लिग सकरको आफ्नो टोली इन्टर मायमीमा अनुबन्ध गर्ने प्रयास गरेका छन् । बेल र मारियानोको स्थिति भने अझै प्रष्ट भएको छैन ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]