default_image

5 years ago

April 23, 2020

को असली रोनाल्डो?

132 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीमा को उत्कृष्ट भन्ने बहस सुरु भएको वर्षौं भइसकेको छ । तर, समय समयमा क्रिस्टियानो रोनाल्डो र ब्राजिलियन पूर्व स्टार रोनाल्डो नाजारियोमा को वास्ताविक रोनाल्डो भन्ने बहस पनि हुने गरेको छ । दुई रोनाल्डोमा को असली रोनाल्डो हुन् र कसको खेल राम्रो भन्ने चर्चा पनि हुने गरेको छ ।

इटालियन पूर्व कप्तान फाबियो कानाभाराले इन्स्टाग्रामको लाइभमा ब्राजिलियन रोनाल्डो नै वास्तविक रोनाल्डो भएको बताएका थिए । तर, त्यहि दौरान विश्वकप विजेता ब्राजिलियन रोनाल्डोले क्रिस्टियानोलाई त्यस्तो सुन्दा दिक्क लागेको अवस्था हुनसक्ने बताए ।

रोनाल्डो नाजारियाले भने, ‘म वास्ताविक रोनाल्डो भन्ने सुन्दा क्रिस्टियानो आजित भइसके होलान् । हामीले एक अर्कालाई तुलना गर्न सक्दैनौं । क्रिस्टियानोको गोल र सफलताका कारण उनी सधैं फुटबल इतिहासको अभिन्न पाटो बनिसकेका छन् । मेस्सीजस्तै क्रिस्टियानो पनि विश्वका उत्कृष्ट खेलाडी मध्येका एक हुन् ।’

युभेन्ट्सका रोनाल्डोले अहिलेका युवा पुस्तासँग पनि प्रतिस्पर्धा गरिरहेका छन् । उनको उमेरका कतिपय खेलाडी संन्यास लिइसकेका छन् त कति मुख्य टोलीबाट बाहिरिने क्रम बढ्दो छ । पोर्चुगलका कप्तान क्रिस्टियानोले सन्यास लिने समय सम्म पुग्दा फुटबलमा थ्रुपै इतिहास रच्ने विश्वास गरिएको छ । ३५ वर्षको उमेरमा पनि उनले मैदानमा जादु देखाइरहेका छन् ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.