9 years ago
August 2, 2016
फ्रान्स र युभेन्टसका मिडफिल्डर पल पोग्बालाइ भित्र्याउन रियल म्याड्रिड र म्यानचेष्टर युनाइटेडको चर्काचर्की परिरहेको छ।
Paul Pogba Real MAdrid Manchester United
विगत केहि हप्ता देखि पोग्बा म्यानचेष्टर आउने भन्ने हल्ला बेलायती पत्र पत्रिकाले छापिरहेको अवस्थामा पोग्बाका एजेन्ट मिनो रायोलाले सो कुरा सहि नभएको बताएका थिए। त्यसो त रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पनि ट्रान्सफर विन्डोको अन्तिम दिनसम्म पनि केहि टुंगो लाग्न नसक्ने अभिव्यक्ति दिएका थिए।
जोसे मौरिन्होले भने पोग्बा युनाईटेड आउने बारे केहि खुलेर भनेका छैनन् तर उनले टोलीका भरपर्दा मिडफिल्डर बास्तियान स्वैंसटाइगरलाइ क्लब छोड्न स्वीकृति दिएपछि पोग्बा आउने लगभग पक्का भएको हो। त्येसका लागि भने म्यानचेस्टर क्लबले विश्व कीर्तिमानी रकम तिर्नुपर्ने अवस्था छ।
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]