5 years ago
April 23, 2020
एजेन्सी – डेविड बेकह्यामले आफ्नो अमेरिकी क्लब इन्टर मायमीमा रियल म्याड्रिडका कोलोम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजलाई अनुबन्ध गर्ने तयारी गरेका छन् ।
रियल म्याड्रिडका पूर्व खेलाडी समेत रहेका बेकह्यामले क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग यस विषयमा सम्पर्क गरिसकेका छन् । पेरेज र बेकह्यामबीच राम्रो सम्बन्ध रहँदै आएको छ । पेरेजकै कारण बेकह्याम करीअरको उच्च विन्दुमा रियल म्याड्रिडको जर्सीमा देखिएका थिए । अब बेकह्यामले छिट्टै हामेससँग यसबारे छलफल गर्ने तयारी गरेका छन् ।
दुई सिजन लोनमा बायर्न म्युनिखमा बिताएका हामेस यसै सिजन रियल म्याड्रिड फर्केका थिए । उनले यस सिजन जम्मा १३ खेल खेल्दै १ गोल गरेका छन् । उनी जिदानको रोजाईमा पर्न छाडेका छन् । रियलले उनलाई बेच्ने प्रयास गरेपनि कुनैपनि क्लबले उनको तलबका कारण अनुबन्ध गर्न चाहेन ।
बेकह्यामको टोली इन्टर मायमीले यसै सिजनदेखि अमेरिकी लिग मेजर लिग सकर खेल्न थालेको हो । लिगको साथसाथै टोलीको पनि चर्चा बढाउन हामेसलाई अनुबन्ध गर्न खोजिएको हो । हामेसको रियलसँगको सम्झौता २०२१ जुनमा समाप्त हुँदैछ । हाल उनको बजार मुल्य रियलले ३५ मिलियन युरो तोकेको छ ।
फिफा विश्वकप २०१४ मा प्रभावशाली प्रदर्शन गरेपछि हामेस रियल आएका थिए । त्यसबेला रियलले उनलाई अनुबन्ध गर्न ८० मिलियन युरो खर्चेको थियो । सुरुवाती दुई सिजन राम्रो प्रदर्शन गरेपनि उनले जिदानको टोलीमा पर्न निकै संघर्ष गर्नुपर्यो ।
March 17, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]
March 17, 2025
एजेन्सी – स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । सोमवार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै बार्सिलोना तथा रियल मड्रिडसँग अंक दुरी कम गर्ने मौका एट्लेटिकोले गुमाएको छ । एट्लेटिको घरेलु मैदानमा […]
March 17, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ। युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष […]