default_image

5 years ago

April 23, 2020

वाटफर्डले केल्मीको किट प्रयोग गर्ने

100 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वाटफर्डले स्पेनिस ब्रान्ड केल्मीको खेल सामग्री प्रयोग गर्ने भएको छ । हाल एडीडासको सामाग्री प्रयोग गरिरहेको वाटफर्डले सम्झौता सकिएपछि नविकरण नगर्ने निर्णय गरेको हो ।

एडीडासले भन्दा बढी रकम दिएकाले पनि केल्मीसँग सम्झौता सम्भव भएको हो । दुई पक्षबीच सम्झौता हस्ताक्षर भएपनि हाल औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । वाटफर्डले यो सिजन लिगको शीर्षस्थानमा रहेको लिभरपुललाई पराजित गर्दै मर्सीसाइड क्लबको अपराजित यात्रामा पूर्णविराम लगाएको थियो । वाटफर्ड लिग तालिकामा २७ अंकसहित गोल अन्तरको आधारमा १७ औं स्थानमा छ ।

वाटफर्डका इटालियन मालिक जिनो पोज्जो आफ्नो पिता जियामपाउलो पोज्जोको क्लब उडीनेजेमा पनि सल्लाहकार रहेका छन् । दुई क्लबबीच पछिल्लो समय खेलाडी किनबेचमा पनि सहकार्य हुँदै आएको छ । यसअघि पोज्जो परिवारले स्पेनिस क्लब ग्रानडा किनेपनि केहि वर्षमै बेचेको थियो । वाटफर्डले अर्को सिजन केल्मीको किटमा खेल्नेछ ।

पछिल्लो समय नेपालमा समेत निकै लोकप्रिय रहेको ब्रान्ड केल्मीले युरोपेली फुटबलमा पनि विभिन्न टोलीहरुसँग सहकार्य गर्ने कार्यलाई थप बढावा दिएको छ । हाल स्पेनमा रहेका थुप्रै क्लबहरुले केल्मीको जर्सी प्रयोग गर्दै आएका छन् । नेपालमा पनि अधिकांश ए डिभिजन क्लबले केल्मीकै जर्सी प्रयोग गर्दै आएका छन् । नेपालको राष्ट्रिय फुटबल टोलीहरु, करांते टोली, तेक्वान्दो टोली लगायत अन्य थुप्रै खेलमा पनि केल्मी लोकप्रिय रहँदै आएको छ ।

March 17, 2025

७० बर्षपछि न्युक्यासललाई पहिलो घरेलु उपाधि

एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको‌ छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]

March 17, 2025

बार्सिलोनाको पुनरागमन जित

एजेन्सी – स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । सोमवार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै बार्सिलोना तथा रियल मड्रिडसँग अंक दुरी कम गर्ने मौका एट्लेटिकोले गुमाएको छ । एट्लेटिको घरेलु मैदानमा […]

March 17, 2025

युनाइटेडको सहज जितमा फर्नान्डेजको उच्च प्रदर्शन

एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ। युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष […]

Success

Thank you for your time.