default_image

5 years ago

April 23, 2020

नेयमार बार्सिलोना फर्किए आधा कमाई घट्ने

161 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहेको खण्डमा उनले वर्षको ५२ मिलियन युरो बार्षिक रुपमा कामाउन सक्नेछन् । तर यदि उनी अर्को सिजनमा पुरानै क्लब बार्सिलोनामा फर्किए भने त्यो भन्दा आधा आम्दानीमा चित्त बुझाउनुपर्ने बताइएको छ ।

उनी बार्सिलोना फर्किएको खण्डमा बार्षिक २० मिलियन भन्दा केहि बढी मात्र कमाउने छन् । नेयमारले सन् २०१७ मा विश्व कीर्तिमानी रकममा बार्सिलोना छाडेर पिएसजीको यात्रा तय गरेका थिए । उनी फरि बार्सिलोना फर्कन चाहेको बताइएको छ ।

कतिपय सञ्चारमाध्यमका अनुसार क्लब र उनीबीच व्यक्तिगत सम्झौता भइसकेको छ । नेयमारले आउने सिजन पिएसजी छाड्ने सम्भावना रहेको उल्लेख गरिएको छ । उनका लागि पनि यो मौका अन्तिम हुन सक्ने अनुमान छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ नेयमारका प्रशंसक हुन् । उनको कार्यकाल अर्को वर्ष सकिदैछ ।

क्लबका नयाँ अध्यक्ष आएको अवस्थामा नेयमार प्राथमिकता नपर्न पनि सक्छन् । बार्सिलोनाका सुपरस्टार लियोन मस्सीको सन्यासपछि क्लबले त्यसपछिको स्टारका रुपमा नेयमार हुन सक्ने अनुमान गरेको छ । मेस्सी भन्दा नेयमार ५ वर्ष कान्छा छन् । त्यस कारण पनि उनी बार्सिलोनाको रोजाईमा परेको बताइएको छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.