default_image

5 years ago

April 22, 2020

नवौं स्थानको आर्सनलले च्याम्पियन्स लिग खेल्न पाउने सम्भावना

140 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको नवौं स्थानमा रहेको आर्सनलले कोरोना संक्रमणका कारण लिग समापन हुन नसकेको अवस्थामा अर्को सिजन च्याम्पियन्स लिग खेल्न पाउने सम्भावना देखिएको छ ।

युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले सिजन सम्पन्न गर्ने नसकिने सम्भावना देखेपछि अर्को सिजनका लागि टोली छनोट गर्न विकल्प खोजिरहेको छ । यसक्रममा यूईएफएले क्लब वरीयता निर्धारण गर्ने अंकलाई आधार मानेर विभिन्न देशका टोलीलाई च्याम्पियन्स लिग खेलाउने तयारी गरिरहेको छ । यस प्रस्ताव पारित भएको खण्डमा प्रिमियर लिगमा हाल नवौं स्थानमा रहेको आर्सनल च्याम्पियन्स लिगका लागि छनोट हुने देखिन्छ ।

इंग्लिस लिगका क्लबहरुमध्य यूईएफए वरीयतामा म्यानचेस्टर सिटीको ११२ अंक छ भने लिभरपुल ९९ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको ९२ तथा आर्सनलको ९१ अंक रहेको छ । लन्डनका क्लब टोटेनहम ८५ र चेल्सी ८३ अंकसहित शीर्ष ५ स्थानमा छन् । लिगमा तेस्रो स्थानमा रहेपनि लेस्टर सिटीको यूईएफए वरीयतामा २२ अंक मात्र रहेको छ ।

यूईएफएले म्यानचेस्टर सिटीलाई युरोपेली प्रतियोगितामा खेल्न प्रतिबन्ध लगाएका कारण टोटेनहम चौथो टोलीको रुपमा च्याम्पियन्स लिग खेल्ने सम्भावना रहन्छ । यद्यपि सिटीले उक्त प्रतिबन्धविरुद्ध अपिल गरेको छ र त्यसको निर्णय आउन बाँकी छ । हाल लिग तालिका अनुसार शीर्ष ४ स्थानमा लिभरपुल, म्यानचेस्टर सिटी, लेस्टर र चेल्सी रहेका छन् ।

प्रिमियर लिगमा अझै ९२ खेल बाँकी रहेको अवस्था छ । लिगको शीर्षस्थानमा रहेको लिभरपुल दोस्रो स्थानको म्यान्चेस्टर सिटीभन्दा २५ अंकले अगाडी छ र लिग जित्ने लगभग पक्का छ । रेलिगेसनसहित अन्य स्थानका लागि प्रतिस्पर्धा भने कायम नै छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.