default_image

5 years ago

April 22, 2020

रियल आउने निर्णय गर्न मात्र १० मिनेट लाग्यो

118 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका पूर्व खेलाडी तथा ब्राजिलियन डिफेन्डर रोबर्टो कार्लोसले इटालियन क्लब इन्टर मिलान छाडेर रियल म्याड्रिड आउने निर्णय गर्न १० मिनेट मात्र लागेको बताएका छन् ।

कार्लोसले इन्टर मिलानमा एक सिजन खेलेपछि सन् १९९६ को ट्रान्सफर विन्डोमा सान्टियागो बर्नाबाउ आएका थिए । उनले रियलमा लामो समय खेल्दै आफूलाई विश्वकै उत्कृष्ट लेफ्ट ब्याकको रुपमा स्थापित गरे । कार्लोस फिफाको इन्स्टाग्राम लाइभमा बोल्दै इन्टरमा आफूले चाहेको पोजिसनमा खेल्न नपाएको गुनासो पोखे ।

‘इन्टर मिलानमा मलाई कहिले विंगर त कहिले फरवार्डकै भूमिकामा पनि खेलाइयो । समस्या त त्यहाँ आयो जब मैले सुरुवाती ७ खेलमा ७ गोल गरें । मलाई आक्रमणमा खेलाएको कारण निकै समस्या भयो,’ उनले भने ।

‘मेरो लागि गोल गर्नु महत्त्वपूर्ण थिएन । अर्को वर्ष कोपा अमेरिकामा ब्राजिलको टोलीमा पर्न मैले लेफ्ट ब्याक भूमिकामै खेल्नु थियो । मैले अध्यक्ष मासिमो मोराटीलाई नै भन्नुपर्यो,’ कार्लोसले थपे, ‘संयोगवश त्यहि दिन रियल म्याड्रिडका अध्यक्ष लोरेन्जो सान्जसँग छलफल थियो र मैले १० मिनेटमा नै आफू रियल जान तयार रहेको निर्णय सुनाएँ ।’

कार्लोस डिफेन्डर भएपनि शक्तिशाली प्रहार गर्न र फ्रिकिकमा गोल गर्न माहिर थिए । उनले आफ्नो दुई उत्कृष्ट फ्रिकिक गोलमा बार्सिलोना विरुद्ध गरेको गोल र फ्रान्सविरुद्ध पेरिसमा गरेको गोललाई छाने । आफ्नो करीआरदौरान सबैभन्दा कठिन विपक्षी खेलाडीको रुपमा उनले पोर्चुगलका लुइस फिगो, क्यामरुनका स्यामुएल एटो र स्पेनका ह्वाकिन सान्चेज रहेको बताए ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.