5 years ago
April 21, 2020
एजेन्सी – कोरोना भाइरसको विश्वव्यापी महामारीका बीच क्रिस्टियानो रोनाल्डोले भने आफ्नो परिवारका साथ भान्जी एलिसियाको जन्म दिन मनाइरहेको भिडियो सार्वजनिक भएको छ । जसका कारण रोनाल्डो फेरि विवादमा परेका छन् ।
युभेन्ट्सका सुपरस्टार अहिले स्वदेश पोर्चुगलमा रहेका छन् । देशमा आपतकालको घोषणा गरिएको छ । पोर्चुगलले आफ्ना नागरिकलाई घरमै रहन र सामाजिक दुरी कायम गर्न निर्देशन दिएको छ ।
जन्म दिन मनाउँदै गरेको भिडियोमा कम्तीमा १९ जना देखिएका छन् । घरमा भएको जन्म दिनको पार्टीमा रोनाल्डोकी आमा डोलोरेस एभिरो समेत रहेकी छिन् । मार्च ३ मा उनलाई स्ट्रोक भएको थियो । उनलाई हेर्नका लागि रोनाल्डो इटालीबाट स्वदेश फर्केका थिए ।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि चर्को आलोचना भएको छ । ‘परिवार सबै क्वारिन्टिनमा भएका बेलामा , जन्म दिन मनाउन सकिन्छ’, रोनाल्डोकी भान्जीले लेखेकी छिन् ।
कोरोना भाइरसकै कारण मार्च ९ मा इटालियन सिरि ए स्थगित भएपछि रोनाल्डो सपरिवार पोर्चुगल पुगेका थिए । उनी कहिले टुरिन फर्कन्छन् भन्ने अझै यकिन भएको छ ।
March 17, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]
March 17, 2025
एजेन्सी – स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । सोमवार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै बार्सिलोना तथा रियल मड्रिडसँग अंक दुरी कम गर्ने मौका एट्लेटिकोले गुमाएको छ । एट्लेटिको घरेलु मैदानमा […]
March 17, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ। युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष […]