5 years ago
April 21, 2020
एजेन्सी – युवा स्टार अल्फान्सो डेभिसले बायर्न म्युनिखसँगको सम्झौता सन् २०२५ सम्मका लागि नविकरण गरेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सम्झौतापछि फोटो सेसनमा उनले र क्लबका पदाधिकारीले मास्कको प्रयोग गरेका थिए ।
१९ वर्षे लेफ्ट ब्याकले यो सिजन स्तरीय प्रदर्शन गरेका थिए । अझै च्याम्पियन्स लिगमा उनको प्रदर्शनले धेरैलाई प्रभावित पारेको थियो । क्यानाडाका अन्तर्राष्ट्रिय खेलाडी डेभिस भान्कोभर ह्वाइटक्याप्सबाट २०१९ को जनवरीमा बायर्नमा आबद्ध भएका थिए । डेभिस गत सिजन एकै पटक सिनियर र वैकल्पिक दुवै टोलीमा थिए ।
पछिल्लो समय भने उनी पूर्ण रुपमा पहिलो रोजाईको टोलीमा रहेका छन् । पूर्ण रुपमा अहिले उनी सिनियर टोलीमा रहेका छन् । विश्व फुटबलमा उनी एक प्रतिभाशाली खेलाडीका रुपमा हेरिन थालिएको छ । रक्षापंक्तिमा प्रभाव पार्दै आएका डेभिस आवश्यकता अनुसार अगाडि गएर क्रस गर्न पनि माहिर मानिन्छन् ।
यसअघि डेविड अलाबाले खेल्दै आएको लेफ्ट ब्याक पोजिसनलाई उनले आफ्नै बनाएका छन् । यससँगै अलाबा हाल मिडफिल्ड पोजिसनमा खेल्न थालेका छन् । बायर्नले यसअघि थोमर मुलरसँग पनि सम्झौता नविकरण गरेको थियो ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]