default_image

5 years ago

April 20, 2020

म्यानचेस्टर सिटीले किन्यो पेरुका १६ वर्षीय डिफेन्डर

114 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले पेरुको क्लब अलियान्जा लिमाबाट १६ वर्षका डिफेन्डर र क्लाइवार्थ अगुइलारसँग सम्झौता गरेको छ ।

पेरु फुटबलले निकै आशा गरिएका प्रतिभा अगुइलारलाई म्यानचेस्टर सिटीले कलिलो उमेरमा नै खरिद गर्ने सम्झौता गरेको हो । खेलाडीले व्यावसायिक सम्झौता गर्न १८ वर्ष पुग्नुपर्ने नियम रहेका कारण उनी त्यसबेला सम्म अलियान्जाबाट नै खेल्ने छन् ।

अगुइलार २०२१ मे महिनामा १८ वर्ष पुगेपछि मात्र सिटीको जर्सीमा देखिने छन् । बेलायतमा १८ वर्ष मुनिकाले व्यावसायिक रुपमा काम गर्न नपाउने नियम रहेकाले विदेशी खेलाडीको हकमा वर्क परमिट पाउन सकिन्न । उनले अब दुई वर्ष पेरुमै रहेर खेल्नेछन् ।

अगुइलारले १५ वर्षको उमेरमा नै दक्षिण अमेरिकी यू-१७ च्याम्पियनसिप खेलेका थिए । उनले उक्त प्रतियोगितामा प्रभाव जमाएपछि सिनियर राष्ट्रिय टोलीबाट समेत खेल्ने अवसर पाएका थिए । अगुइलारलाई पेरु फुटबलले पाएको हालसम्मकै उज्ज्वल प्रतिभा बन्न सक्ने आँकलन गरिएको छ ।

अगुइलारको क्लब आलियान्जाले यस ट्रान्सफरलाई पेरु फुटबलबाट युरोप गएको सबैभन्दा ठूलो ट्रान्सफर रहेको बताएको छ । अगुइलारले पनि आफ्नो लक्ष्य सिटीको पहिलो रोजाईमा परेर खेल्ने रहेको बताए । आलियान्जाले हालसम्म पेरुको शीर्ष लिग २३ पटक जितेको छ भने २२ पटक उपविजेता बनेको छ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.