default_image

5 years ago

April 20, 2020

हामेसलाई अन्तिम मौका दिने रियलको योजना

100 views

0 Bookmark

एजन्सी – कोरोना भाइरस कोभिड १९ ले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि त्यसले सबै क्षेत्रमा असर गरेको छ । युरोपियन अधिकांश फुटबल गतिविधि ठप्प छ । यस्तो अवस्थामा ला लिगामा यो सजिनका बाँकी खेल के हुने भन्ने अझै टुंगो लागिसकेको छैन ।

त्यसका वावजुद पनि टोली भने नयाँ सिजनका लागि खेलाडीहरुको लिने योजना बनाइरहेका छन् । त्यसमा रियल म्याड्रिड पनि रहेको छ । हामेस रोड्रिग्वेजका विषयमा भने टोलीले अन्तिम एउटा मौका लिने सम्भावना देखिएको छ ।

रियलसँग हामेसको सम्झौता सन् २०२१ को जुन सम्म रहेको छ । त्यसपछिको सम्झौताका लागि टोली तयार नरहेको बताइएको छ । सरुवा बजार खुल्दा मिडफिल्डर हामेसलाई विक्री गरेर रियल केहि पैसा कमाउन चाहन्छ । तर, यदि त्यो सम्भव भएन भने उनी अर्को सिजन फ्रि ट्रान्सफरमा रहेनेछन् ।

गत सिजनको समर पनि जिनेदिन जिदानको टोली उनलाई विक्री गर्न असफल भएको थियो । उनी यो सिजन टोलीमै छन् । यद्यपी हामेसले टोलीमा स्थान भने बनाउन सकेका छैनन् ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.