5 years ago
April 20, 2020
एजेन्सी – बार्सिलोना र अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीका समर्थक विश्वभर नै छन् । त्यसमा पनि अनेक खालको सौख भएका छन् । त्यस्तै मेस्सीप्रति लगाव भएका एक समर्थक इन्डोनेसियामा छन् । सम्भवत उनीसँग जस्तो मेस्सीको जर्सी संकलन विश्वमा अन्य कसैसँग नहुन सक्छ ।
सूर्य विजयासँग बार्सिलोनाको मात्र होइन मेस्सीको नामको प्रिन्ट भएको अर्जेन्टिनाको जर्सी पनि छन् । ‘आजको दिन मैले २ सय वटा जर्सी जम्मा गरेको छु । पछिल्लो ११ वर्षमा मैले यसको लागि धेरै खर्च गरेको छु,’ विजयाले भने, ‘धेरैले मलाई भन्छन् म मेरो सौखका लागि एकदमै पागल छु । तर म भन्छु यो मेरो जीवन र लगाव हो ।’
उनले जर्सी कसरी यत्ति धेरै जम्ममा गरेको भन्ने विषयमा भने, ‘मैले कति वटा यहि इन्डोनेसियाको स्टोरमा किनेको छु । धेरै चाहि मैले इन्टरनेटमार्फत किनेको छु । यी सबै असली जर्सी हुन् । तर यसमा कुनै पनि जर्सी मेस्सीले म्याचमा लगाएका भने छैनन् ।’
विजयाले आफू मेस्सीकै कारण बार्सिलोनाको समर्थक नभएको पनि प्रष्ट पारेका छन् । ‘मेस्सी खेल्नुअघि बाट म बार्सिलोना र अर्जेन्टिनाको समर्थक हुँ । किनकी म रिक्विल्मीलाई असाध्यै म पराउथे,’ उनले थपे, ‘मलाई मेस्सीले च्याम्पियन्स लिग जितेपछि तस्बिर खिचाएको एकदम मन परेको थियो । उनले म्यानचेस्टर युनाइटेडविरुद्ध फाइनलमा गोल पनि गरेका थिए ।’
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]