default_image

5 years ago

April 20, 2020

जब बेकह्यामले मेस्सीलाई सन्यासबारे भने

105 views

0 Bookmark

एजेन्सी – बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी) को खेलमा लियोनल मेस्सी आफू तिर दौडर आएपछि डेभिड बेकह्यामले सन्यासका विषयमा बोलेको बताएका छन् ।

सन् २०१३ को क्वार्टरफाइनलको दुई खेलमा बार्सिलोना र पिएसजीले ३–३ को बराबरी खेलेका थिए । अवे गोलका आधारमा बार्सिलोना सेमिफाइनमा पुगेको थियो । ‘खेलपछि मेस्सी दौडेर म भएको ठाँउमा आए’ , इंगल्यान्डका पूर्व कप्तान बेकह्यामले केहि वर्ष अघि भनेका, ‘सम्भवत मैले त्यहि बेला नै सन्यासको बारेमा निर्णय लिएको थिए ।’

नोउ क्याम्पमा भएको दोस्रो लेग पछिको प्रदर्शनलाई लिएर बेकह्यामले अर्जेन्टिनी सञ्चारमाध्यमलाई पिएसजीको प्रदर्शनमा आफुलाई गर्व लागेको बताएका थिए । ‘ हामी खेलमा अगाडी थियौं । मेस्सी आए र बार्सिलोनाले गोल गर्यो’, उनले भनेका थिए, ‘त्यो उमेरमा पनि मैले खेलमा एकदमै आनन्द लिए । दुवै खलेमा हामीले राम्रो खेल्यौ । त्यसमा हामीलाई गर्व लागेको थिए । हामीले त्यो खेल हारेनौं ।’

उनले त्यहि खेलबाट लगभग खेल जीवन छाड्ने मनस्थिति बनाएपछि केहि पछि लिग वानमा स्टाडे ब्रेसटोइस २९ विरुद्धको खेल उनको अन्तिम खेल थियो । उनले आफ्नो करीअरमा म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, एलए ग्यालेक्सी र एसी मिलानको जर्सी लगाए ।

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

Success

Thank you for your time.