default_image

5 years ago

April 19, 2020

बेकह्यामको नजरमा रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट

107 views

0 Bookmark

एजेन्सी – पछिल्लो एक दशकदेखि दुई सुपर स्टार अर्जेन्टिनी लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट बहस चलिरहेको छ । समय क्रममा धेरैले आ आफ्नो विचार राख्दै आएका छन् । यहि क्रममा इंगल्यान्डका पूर्व कप्तान डेभिड बेकह्यामले दुई खेलाडीको तुलना गर्दै मेस्सी उत्कृष्ट रहेको बताएका छन् ।

खेल जीवनको उत्तर्रार्द्धमा आएका यी दुई सुपर स्टारले अहिलेसम्म ११ पटक बालोन डी ओर जितेका छन् । मेस्सीले ६ पटक जित्दा रोनाल्डोले पाँच पटक यो प्रतिष्ठित उपाधि हात पारेका छन् । ‘मेस्सीको स्तरका उनी एक्लो खेलाडी हुन् । उनको ठाँउ अर्को खेलाडीलाई पुग्न असम्भव छ ,’ बेकह्यामले भने, ‘एउटा खेलाडीका रुपमा उनी जस्तो अर्को कोही छैन । ‘

इंग्ल्यान्डका पूर्वकप्तानले रोनाल्डो पनि आफूलाई मन पर्ने बताएका छन् । ‘मलाई रानाल्डो पनि म पर्छ । यी दुईमा क्षमताका आधारमा केहि समानता पनि छ । यी दुई खेलाडी एकै समय फुटबलमा रहनु अद्भुत हो,’ बेकहमले थपे,’ तर , मेस्सी विश्वकै उत्कृष्ट खेलाडी हुन् ।’

युभेन्ट्सका रोनाल्डोले बेकह्याको पथ पछ्याउँदै म्यानचेस्टर युनाइटेड र त्यसपछि रियल म्याड्रिडबाट खेले । तर रोनाल्डो र बेकहमले कुनै पनि प्रतिस्पर्धामा एकअर्काको सामना गरेनन् । तर पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्दा बेकहमले सन् २०१३ मा बार्सिलोनका सुपरस्टार मेस्सीविरुद्ध खेलेका थिए । च्याम्पियन्स लिगको नकआउट चरणमा पीएसजीलाई रोक्दै बार्सिलोना अगाडी बढेको थियो ।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.