5 years ago
April 19, 2020
एन्जेसी – स्विडिस फरवार्ड ज्लाटान इब्राहिमोभिच लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै स्तरको फरवार्ड भएको दाबी प्रशिक्षक रोर्बेटो मान्चिनीले बताएका छन् ।
स्विडेनका पूर्व कप्तानले विश्वका उत्कृष्ट क्लबहरु जस्तै इन्टर मिलान, पेरिस सेन्ट जर्मेन, एसी मिलान, बार्सिलोना र म्यानचेस्टर युनाइटेडबाट खेलिसकेको छन् । चार अलग देशमा लिग उपाधि उचालेका इब्राहिमोभिचले आफ्नो खेल जीवनमा ३३ उपाधि जितिसकेका छन् । उनले देश र क्लबका लागि खेल्ने क्रममा ९ सय १४ खेलमा ५ सय ४० गोल गरिसकेका छन् । उनको खेल जीवनमा पनि लामो भइसकेको छ ।
३८ वर्षीय इब्रा अहिले पनि माथिल्लो स्तरको फुटबल खेल्ने क्रममा इटालियन क्लब एसी मिलानमा आबद्ध छन् । मेस्सी र रोनाल्डोले युरोपियन फुटबलमा दबदबा कायम गरेका छन् । उनीहरु दुवैले गरेर ११ पटक बालोन डी ओर उपाधि जितेका छन् । मान्चिनीले इब्राहिमोभिच पनि मेस्सी र रोनाल्डोकै स्तरमा राख्न मिल्ने खेलाडी हुन् र उनी पनि सर्वकालिन उत्कृष्ट फुरवार्डका रुपमा भविष्यमा स्मरण गरिने बताए ।
‘म इब्राहिमोभिचलाई पनि मेस्सी र रोनाल्डोकै स्तरमा राख्छु । उनी जहाँ गएका छन् त्यहाँ लिग उपाधि जितेका छन् । गोल पनि त्यसरी नै गर्छन्’, उनले भने, ‘यो सिजन मिलानमा पनि उनले राम्रो गरेका छन् । यो उमेरमा पनि उनले उच्च स्तरको फुटबललाई निरन्तरता दिएका छन् । तर मलाई थाहा छैन भविष्यका बारेमा उनको के योजना छ ।’
मेस्सी र रोनाल्डोले पछिल्लो दशक विश्व फुटबलमा दबदबा कायम गरेका छन् । इब्राहिमोभिच यसबीचमा एकपटक मात्र ब्यालोन डी ओरको शीर्ष ४ स्थानमा पर्न सफल रहेका छन् । सन् २०१३ मा उनी चौथो स्थानमा रहँदा रोनाल्डो, मेस्सी र फ्रान्क रिबेरीभन्दा पछि थिए । हाल मिलानमा ६ महिनाको सम्झौता गरेका इब्रहिमोभिच त्यसपछि कता जाने यकिन छैन । उनले मिलानमा १० खेलमा ४ गोल गर्नुका साथै १ एसिस्ट गरिसकेका छन् ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]