5 years ago
April 19, 2020
एजेन्सी – रियल म्याड्रिडका ब्राजिलियन लेफ्ट ब्याक मार्सेलोले कोरोना भाइरस (कोभिड-१९) का कारण फुटबल स्थगित भएपछि स्पेनिस क्लबमा आफ्नो भविष्य लम्ब्याउने अन्तिम मौका पाएका छन् ।
पछिल्लो दुई सिजन रियल म्याड्रिडमा निकै संघर्ष गरिरहेका मार्सेलो पछिल्लो केहि महिनायता लगातार चोटको शिकार बन्दै आएका छन् । उनी चोटका कारण मैदान बाहिर रहेको बेलामा कोरोना महामारी फैलिएपछि फुटबल स्थगित भएको छ । जिदानले क्लब छोडेपछि टोलीमा स्थान बनाउन संघर्षरत मार्सेलो पुन: जिदान फर्किएपनि टोलीमा नियमित स्थान बनाउन भने असफल रहेका छन् ।
फ्रान्सेली डिफेन्डर फर्लान्ड मेन्डीले लेफ्ट ब्याकको भूमिकामा मार्सेलोलाई पछाडी पारेका छन् । सन् २०२२ सम्म रियल म्याड्रिडमा सम्झौता रहेका मार्सेलोलाई अब क्लबमा रहन फुटबल सुरु भएपछि अन्तिम अवसर हुनेछ । मार्सेलोलाई अनुबन्ध गर्न इटालियन क्लब युभेन्ट्सले पनि प्रयास गरेको छ । तर मार्सेलो रियलको पहिलो टोलीमा स्थान बनाउन सके स्पेनमै रहन चाहन्छन् ।
त्यसो त अर्को सिजन मार्सेलोले मेन्डीसँगै अर्का लेफ्ट ब्याक सर्जियो रेगुलिओनसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । सर्जियो हाल लोनमा सेभिल्ला पुगेका छन् र उनले त्यहाँ राम्रो प्रदर्शन गरिरहेका छन् । लोनमै डर्टमुन्ड पुगेका अक्रफ हाकिमी पनि लेफ्ट ब्याक भूमिका निर्वाह गर्न सक्छन् र रियलले उनलाई क्लबमा नै राख्ने प्रबल सम्भावना छ ।
अघिल्ला सिजनमा रेगुलिओन र थियो हर्नान्डेजको चुनौतीलाई पछाडी पारेका मार्सेलो अब मेन्डीभन्दा अगाडी आउन चाहन्छन् । यसका लागि उनलाई लकडाउनपछि सुचारु हुने लिगमा प्रदर्शन गर्न आवश्यक छ । रियलका लागि ४ पटक च्याम्पियन्स लिग जिताएका मार्सेलो जिदानको विश्वास जित्न प्रयासमा हुनेछन् ।
March 17, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]
March 17, 2025
एजेन्सी – स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । सोमवार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै बार्सिलोना तथा रियल मड्रिडसँग अंक दुरी कम गर्ने मौका एट्लेटिकोले गुमाएको छ । एट्लेटिको घरेलु मैदानमा […]
March 17, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ। युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष […]