default_image

5 years ago

April 18, 2020

करीअर बदल्ने बेलको त्यो गोल

122 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका विंगर ग्यारेथ बेलले सन् २०१४ को कोपा डेल रे फाइनलमा बार्सिलोनाविरुद्ध विजयी गोल गरेको क्षण कमैले बिर्सन सक्छन् । त्यो गोलले रियल च्याम्पियन मात्र बनेको थिएन, डिफेन्डर मार्क बार्टराको करीअरमा निर्णायक मोड पनि बन्न पुग्यो ।

उक्त गोलको मदतले रियल म्याड्रिडले उपाधि जितेको थियो भने अघिल्लो सिजन रियल आएका बेलले क्लबका समर्थकमाझ आफूलाई सानदार रुपमा प्रस्तुत गरेका थिए । खेलको ८५ औं मिनेटमा मिडफिल्डमा बल अगाडी बढाएका उनलाई बार्सिलोनाका डिफेन्डर मार्क बार्टराले रियलको बेन्चअगाडी ज्यानले पेले । रियलका प्रशिक्षक कार्लो एन्चेलोटि फल माग्दै थिए तर बेलले बल लखेट्न छाडेनन् । उनले द्रुत गतिमा बार्टराभन्दा अगाडी पुगेर बललाई नियन्त्रणमा लिए र अगाडी बढाउँदै गोल नै गरे ।

उक्त खेलमा रियलका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो चोटका कारण उपस्थित थिएनन् । रोनाल्डोको अनुपस्थितिमा बेलले उत्कृष्ट गोल गर्दै उपाधि दिलाए । त्यसअघि रियलले एन्जल डी मारियाको गोलले अग्रता लिएपनि बार्टराले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसबेला बार्टरा बार्सिलोनाको सिनियर टोलीमा जम्दै गरेका थिए । उनको खेल हेर्न राष्ट्रिय टोलीका प्रशिक्षक भिसेन्टे डेल बोसके समेत दर्शकदिर्घामा थिए ।

त्यसबेला २३ वर्षको उमेर रहेका बार्टरा लगातार पहिलो रोजाईमा परेका थिए । उनलाई बार्सिलोनाको डिफेन्सको भविष्य समेत आंकलन गरिएको थियो । तर त्यसपछि लगातार खस्कँदो प्रदर्शन गरेपछि उनी अर्को सिजन पनि उठ्न सकेनन् । २०१६ मा उनी जर्मन क्लब बोरुसिया डर्टमुन्ड पुगे । त्यहाँ दुई सिजन बसेपछि सन् २०१८ मा उनी रियल बेटिस आइपुगे ।

बार्टराले केहि दिनअघि मात्र प्रत्यक्ष अन्तवार्तामा रियल म्याड्रिडका त्यसबेलाका गोलरक्षक इकार कासिलाससँग आफ्नो अनुभव साटे । ‘त्यो समय मेरो लागि निकै कठिन रहयो । म बार्सिलोनामा युवा खेलाडीको रुपमा रियल म्याड्रिडविरुद्ध खेलिरहेको थिएँ । राम्रो खेल्ने मात्र होइन, इकार कासिलासविरुद्ध गोल समेत गरेको थिएँ । उत्कर्षमा पुगेको उक्त समय केहि मिनेटमा नै म कहाँ पुगे । त्यो क्षणले नै मेरो करीअरमा निर्णायक भूमिका खेल्यो,’ उनले भने ।

उक्त गोलको भिडियो :

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.