9 years ago
August 1, 2016
स्पोर्ट्स फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद संघ, नेपालको संयुक्त आयोजनामा चौथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता साउन २४ गतेदेखि चितवनको क्याम्पाचौरमा हुने भएको छ ।
प्रतियोगिता बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष एवं राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीले प्रतियोगितामा १० टिमको सहभागिता रहने जानकारी गराए ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल आर्मी क्लब, नेपाल प्रहरी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब, एनआरटी क्लब, नारायणगढ फुटबल क्लब, रुपन्देही ११, ब्वाइज युनियन क्लब, वीरगन्ज युथ एकेडेमी, एभरेष्ट क्लब चितवन तथा रौटहट जिल्ला फुटबल संघको सहभागिता रहनेछ । साउन ३१ गतेसम्म चल्ने प्रतियोगिता नकआउट पद्धतिमा खेलाइने छ ।
विजेताले ३ लाख र उपविजेताले २ लाख नगद पुरस्कार हात पार्ने छन् । सर्वोत्कृष्ट खेलाडी, फाइनलको ‘म्यान अफ द म्याच’ तथा सर्वाधिक गोलकर्ताले १०–१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । अध्यक्ष शाहीका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २५ लाख १० हजार रुपैयाँ खर्च हुनेछ ।
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]