5 years ago
April 18, 2020
एजेन्सी – बेल्जियमको राष्ट्रिय टोली तथा स्पेनिस महारथी रियल म्याड्रिडका गोलरक्षक थिबाउट कोर्टुवाले आफू स्पेनका दिग्गज गोलरक्षक इकार कासिलासकै कारण गोलरक्षक बनेको बताएका छन् ।
यसअघि एटलेटिको म्याड्रिडमा समेत खेलेका कोर्टुवाले युवा अवस्थामा हुँदा कासिलासकै खेल हेरेर गोलरक्षक बन्न प्रेरित भएको बताए । ‘ जब कसिलासले रियल म्याड्रिडमा खेल्थे म उनको खेलबाट प्रभावित भएँ । उनकै खेल हेरेर मलाई गोलरक्षक बन्न मन लागेको थियो । उनको खेल हेरेर नै मलाई रियल म्याड्रिड पनि मनपर्न थालेको थियो,’ कोर्टुवाले भने ।
कोर्टुवाले गोलरक्षक बन्न थालेपछि भने नेदरल्यान्ड्सका एडविन भान डर सारको खेलले पनि प्रभावित भएको बताए । ‘जब म १४ वर्षको पुगें, मैले भान डर सारको खेल देखें । उनको र मेरो शारीरिक बनोट उस्तै भएकाले पनि उनको खेलप्रति आकर्षण बढ्यो,’ उनले थपे ।
कोर्टुवाले गोलरक्षणकै चर्चा गर्दा बार्सिलोनाका मुख्य गोलरक्षक मार्क आन्दर टेर स्टेगनको समेत प्रशंसा गरे । ‘ टेर स्टेगन राम्रा गोलरक्षक हुन् । उनको बल खुट्टामा हुँदा फुटवर्क पनि राम्रो छ । उनले वन भर्सेस वनमा पनि खुट्टाको राम्रो सदुपयोग गर्छन् । उनको प्रहार ब्लक गर्ने क्षमता पनि राम्रो छ, एटलेटिकोका ओब्लाकको जस्तै,’ उनले थपे ।
कोर्टुवाले लकडाउनको यस परिस्थिति सकिएपछि पहिलो कार्य प्रशिक्षण गर्न मन लागेको बताए । ‘ यो अवस्था सकिएपछि पहिलो कार्य भने ट्रेनिङ ग्राउन्ड पुगेर प्रशिक्षण गर्नु हुनेछ । म सरकारको घोषणाको प्रतिक्षामा छु । हामीले अहिले आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्नुपर्छ र उचित समयको प्रतिक्षा गर्नु जरुरि छ,’ उनले टुंग्याए ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]