default_image

5 years ago

April 18, 2020

जाभीको नजरमा ग्वार्डिओला विश्वकै उत्कृष्ट प्रशिक्षक

107 views

0 Bookmark

एजेन्सी – स्पेन तथा बार्सिलोनाका पूर्व स्टार जाभी हर्नान्डेजले पेप ग्वार्डिओलालाई विश्वकै उत्कृष्ट प्रशिक्षक भएको बताएका छन् । पूर्व मिडफिल्डर जाभी आफै अहिले कतारको अल सादको प्रशिक्षकका रुपमा काम गरिरहेका छन् । ग्वार्डिओलाको प्रशिक्षणमा जाभी बार्सिलोनाका महत्त्वपूर्ण खेलाडी मध्ये एक थिए ।

‘इमान्दार भएर भन्दा म उनलाई विश्वमा अहिलेको उत्कृष्ट प्रशिक्षक मान्छु । म उनको कुनै पनि ज्ञानबाट प्रभावित छु र म त्यसको स्वागत गर्छु,’ जाभीले भने, ‘फुटबलमा उनी जस्तो प्रशिक्षक हुनु फाइदाजनक हो । म उनको जस्तै गर्ने कोशिस गर्दछु ।’

ग्वार्डिओला खेललाई जतिबेला पनि नियन्त्रणमा राख्न चाहने प्रसंग उल्लेख गर्दै जाभीले भने, ‘उनी बढी भन्दा बढी आफ्ना खेलाडीलाई बल नियन्त्रणमा राख्न प्रेरित गर्छन् । बल पोसेसन, आक्रमणमा बढी जोड दिन्छन् ।’ जाभीले ग्वार्डिओलाबाट धेरै सिक्न मिल्ने जनाउँदै भने, ‘उनको लक्ष्य, चाहना र लगावबाट धेरै जान्ने अवसर मिल्छ । अहिले म्यानचेस्टर सिटीमा पनि उनी सफल छन् ।’

जाभीले सिटी र प्रिमियर लिगका खेलाडीका विषयमा पनि चर्चा गरेका छन् । ‘मलाई प्रतिभावा खेलाडी मन पर्छ । अझ त्यसमा पनि टोलीका लागि आफ्नो क्षमता देखाउने खेलाडी विशेष लाग्छ, ‘उनले भने, ‘त्यसैले मलाई लाग्छ डेभिड सिल्भा असाधारण खेलाडी हुन् । त्यस्तै केभिन डि ब्रुइने पनि । ‘

अन्य खेलाडीका विषयमा उनले जोडे, ‘सर्जियो अगुइरोले टिमका लागि कसरी खेल्नुपर्छ भन्ने थाहा पाए । बर्नार्डो सिल्भा अद्भुत खेलाडी हुन् । रहिम स्टर्लिङ त्यस्तै छन् । उनीहरु सिटीका लागि विशेष छन् ।’

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.