default_image

5 years ago

April 17, 2020

हालान्डलाई रियल ल्याउने ओडेगार्डको प्रयास

109 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडबाट लोनमा रियल सोसीडाड पुगेका मिडफिल्डर मार्टिन ओडेगार्ड लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी अर्को सिजन रियल म्याड्रिड फर्कनेमा दुइमत छैन । उनले आफूसँगै अर्को सिजन रियलमा आफ्नै राष्ट्रका सहकर्मी एर्लीङ हालान्डलाई पनि ल्याउने प्रयास गरिरहेका छन् ।

रियल म्याड्रिडले लामो समयदेखि आक्रामक खेलाडीको परिपूर्ति गर्न सकेको छैन । यसै विन्टर ट्रान्सफरमा साल्ज्बर्गबाट बोरुसिया डर्टमुन्ड आएका नर्वेली युवा स्टार हालान्डले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । रियलले मोटो रकम खर्चेर भएपनि हालान्डलाई टोलीमा समेट्ने प्रयास गर्ने बुझिएको छ । कोरोनाले गर्दा आर्थिक अवस्थामा प्रभाव परेपनि रियलले आफ्नो आक्रमण सुधार्न हालान्ड अनुबन्ध गर्ने मुख्य योजना बनाएको छ ।

स्पेनिस पत्रिका एएसका अनुसार रियलका अध्यक्ष फलोरेन्टिनो पेरेजले आफ्ना नजिकका साथी तथा डर्टमुन्डका प्रमुख अधिकृत हान्स-जोआकिम वात्ज्केसँग यसबारे छलफल सुरु गरेका छन् । अर्कोतर्फ हालान्डका एजेन्ट मिनो रायोलाले पनि उनलाई रियल म्याड्रिड नै लान खोजेका छन् । रायोला विश्वका प्रख्यात एजेन्टमा गनिन्छन् । उनको रियल म्याड्रिडसँग राम्रो सम्बन्ध रहेको छ ।

डर्टमुन्डले हालान्डलाई लामो समय क्लबमा राख्न नसक्ने बुझेका कारण पनि रियलको प्रस्ताव स्वीकार्ने सम्भावना छ । हाल रियलबाट नै लोनमा रहेका डिफेन्डर अक्रफ हाकिमीलाई डर्टमुन्डमै राख्न पनि क्लब प्रयासरत छ । हालान्डलाई डर्टमुन्डले बेच्ने निर्णय लिएमा हाकिमी पनि उक्त प्रस्तावमा सामेल हुने सम्भावना छ ।

यता ओडेगार्डले सोसीडाडमा यस सिजन आफ्नो लयलाई निरन्तरता दिइरहेका छन् । उनी अर्को सिजन रियलको मुख्य टोलीमा खेल्ने लगभग पक्का छ । ओडेगार्डले आफ्ना सहकर्मीसँग रियल आउने विषयमा छलफल गरिरहेको बुझिएको छ । हालान्डले चाहेमा रियलमा उनको अनुबन्धन कठिन देखिन्न ।

हालान्डले जनवरीमा डेब्यु गरेदेखि जर्मन टोलीका लागि ११ खेलमा १२ गोल गरिसकेका छन् । हालान्डको सम्झौतामा अर्को समर ट्रान्सफरमा ६३ मिलियनमा क्लबले छाड्नुपर्ने प्रावधान रहेको छ । जसले गर्दा डर्टमुन्डले उचित प्रस्ताव आएमा उनलाई अन्यत्र पठाउन सक्छ ।

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.