default_image

9 years ago

August 1, 2016

गोट्जे बाएर्नबाट डर्टमन्ड फर्किए

112 views

0 Bookmark

बाएर्न म्युनिखबाट व्यवसायिक फुटबल खेल्दै आएका जर्मन मिड्फिल्डर मारियो गोट्जे पुन: आफ्नै बाल्यकालको क्लब बोरुसिया डर्टमन्ड फर्किएका छन्।

Mario gotze andre schurrle raphale guerrerio

जर्मनीले विश्वकप २०१४को उपाधि जित्दा फाइनल खेलको एकमात्र गोल गरेका उनले केहि वर्ष अगाडी बायर्न पुगेका थिए। तर बाएर्नमा लगातार राम्रो प्रदर्शन नगरेपछि पेप ग्वार्डिओलाको रोजाइमा नपरेपछि उनले अधिकांश समय वैकल्पिक खेलाडीको रुपमा खेले।

यसै सिजन कार्लो एन्चेलोटि बाएर्न आएसंगै उनि पुन: डर्टमन्ड फर्किएका हुन्। डर्टमन्डका हेनरिक मख्तिरियानलाई म्यानचेष्टर युनाइटेटले किनेपछि डर्टमन्डले पुन: गोट्जेलाई भित्र्याएको हो। यसअघि गोट्जेकै पदपुर्ति गर्न मख्तिरियानलाई डर्टमन्डले किनेको थियो।

गोट्जेसंगै डर्टमन्डले जर्मनिका आन्द्रे सर्ल र युरो विजेता पोर्चुगल टोलीका डिफेन्डर राफाएल गुरेरोलाई पनि भित्र्याएको छ।

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

Success

Thank you for your time.