5 years ago
April 17, 2020
एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोसेप मायिा बोर्टोमेउले क्लबका चार कप्तानसँग हालै बैठक गरेका छन् । अध्यक्ष बार्टोमेउ, सिइओ ओस्कार ग्रेउ र फुटबल टोलीका निर्देशक जाभियर बोर्डासले भिडियो कन्फ्रेन्समार्फत कप्तानहरु लियोन मेस्सी, सर्जिलयो बुस्केटस्, जेरार्ड पिके र सर्जिलो रोर्बेटोसँग छलफल गरेका थिए ।
बैठकमा स्वभाविक रुपमा अध्यक्ष बोर्टोमेउ सक्रिय रहे । उनले हालै बोर्डका ६ सदस्यले दिएको राजीनामाका विषयमा खेलाडीलाई बुझाउने प्रयास गरेको बताइउको छ । कोरोना भाइरस कोभिड १९ को विश्व व्यापी महामारीका कारण युरोपमा फुटबल गतिविधि स्थगित छ ।
कोडिभ १९ बाट अत्याधिक प्रभावित देशमा स्पेन पनि पर्दछ । कतिपयले सिजनका बाँकी खेल रद्द हुने अनुमान गरेका छन् । स्थगित अघि बार्सिलोना ला लिगाको शीर्षस्थानमा रहेको छ । जनताको स्वास्थलाई ध्यानमा राख्दै सिजनको बाँकी खेल रद्द गर्नुपर्ने सम्भावना रहेको खेलाडीले पदाधिकारीलाई बताएको उल्लेख गरिएको छ ।
यो पनि पढ्नुहोस :
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]