5 years ago
April 17, 2020
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर जो यति बेला प्रतिबन्धमा छन्, उनले कतार सन् २०२२ को विश्व कप कतारबाट अन्त सार्दा हुने तर्क गरेका छन् । उनकै समयमा कतारलाई २०२२ विश्व कप आयोजनाको जिम्मा दिएको थियो । भ्रष्टाचार र धोकाको अभियोगमा ब्लाटर प्रतिबन्धमा परेका हुन् ।
फुटबल सम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने गरि उनीमाथि ६ वर्षको प्रतिबन्ध लागेको छ । कतारमा विश्व कप आयोजनाका लागि जिम्मा दिने विषयमा पनि उनले मतदान प्रभावित गरेको आरोप लागेको थियो । ‘जर्मनले आयोजना गर्न सक्छ । तर २०१८ पछिको विश्व कप फेरि पनि युरोप मै भन्ने हुन्छ,’उनले भने,’अमेरिकाले २०२६ मा आयोजना गदैैछ । उनीहरु सक्षम छन् । यो कुनै रकेट विज्ञान होइन । उनीहरुसँग १९९४ को अनुभव पनि छ । ‘
उनले अमेरिकामा गर्न उपयुक्त हुने तर्कलाई थप बल पुर्याउने गरि भने, २०२२ को विश्व कपमा ३२ टोलीले खेल्ने हो । ४८ टोलीले होइन । २०१८ को भन्दा बढी मेहनत गर्नुपर्ने हुँदैन । विकल्पमा जापान पनि आयोजक हुन सक्दछ ।
फिफा विधानकै अनुसार कारवाहीमा परेका ब्लाटरले भने,’मलाई त्यहाँबाट निकाल्नका लागि गरिएको एउटा प्रयास बाहेक केहि थिएन । अनुसन्धानको अंक मेराविरुद्धको षड्यन्त्र बाहेक केहि थिएन । अनुसन्धानकर्ताले हेरे मैले क्यारेबियन फुटबल युनियसँग सामान्य सम्झौता गरेको थिए । त्यो सबै समाधान हुनेछ । सबै भन्दा राम्रा उपाय मलाई फिफाले मानर्थ अध्यक्ष मान्दा हुनेछ ।’
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]