5 years ago
April 16, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक किके सेटिनले अर्को सिजनको सुरुवातमा बार्सिलोनाले हाल लोनमा बायर्न म्युनिख पुगेका ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्होको प्रतिक्षा गर्ने बताएका छन् ।
स्पेनिस रेडियो आरएसी१ सँगको अन्तर्वार्ताका क्रममा सेटिनले आफूलाई कोउटिन्होको खेल्ने शैली मन पर्ने र उनलाई योजनामा समेट्ने बताएका हुन् । ‘मलाई कोउटिन्हो मनपर्ने खेलाडी हुन् । उनी उत्कृष्ट खेलाडी हुन् र बार्सिलोनाका खेलाडी पनि । बायर्नले उनलाई राख्न चाहेमा मोटो रकम तिर्नुपर्ने हुन्छ तर उनी आफैं बार्सिलोना फर्कन इच्छुक छन् ।’
‘म अर्को सिजनको सुरुवातमा उनको प्रतिक्षा गर्नेछु । मैले यसबारे उनीसँग कुरा गरेको छैन । यदि आवश्यक पर्छ भने अवश्य गर्नेछु,’ सेटिनले थपे ।
कोउटिन्हो बार्सिलोनाको टोलीमा अपेक्षित प्रदर्शन गर्न नसक्दा सिजनको सुरुवातमै बायर्न म्युनिख पुगेका थिए । लोनमा बायर्न पुगेका उनलाई क्लबमा राख्न १ सय २० मिलियन युरो तिर्नुपर्ने हुन्छ । बायर्नले उनलाई नराख्ने संकेत पनि दिइसकेको छ । यद्यपि उनलाई अनुबन्ध गर्न इंग्लिस क्लब चेल्सी र आर्सनलले भने इच्छा देखाएका छन् ।
प्रशिक्षक सेटिनको आगमनले कोउटिन्होलाई बार्सिलोनामा पुन: अर्को अवसर मिल्ने देखिएको छ । लिभरपुलमा रहँदा निकै प्रभावशाली प्रदर्शन गरेका उनले बार्सामा भने केहि फिक्का देखिएका थिए । बार्सिलोनामा फर्केपछि पुन: आउने अवसरलाई उनले सदुपयोग गर्न नसके अन्यत्र भविष्य खोज्नुपर्ने भने पक्का जस्तै छ ।
March 16, 2025
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]
March 16, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । अनिता राना मगरको एक मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]