default_image

5 years ago

April 16, 2020

यी हुन् क्रिस्टियानो रोनाल्डोका २० कीर्तिमान

143 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज राष्ट्रिय फुटबल टोली तथा इटालियन च्याम्पियन युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो आधुनिक फुटबलका उत्कृष्ट खेलाडी मध्य एक हुन् । पछिल्लो एक दशकको व्यक्तिगत प्रदर्शन हेर्ने हो भने विश्व फुटबल यिनै रोनाल्डो र अर्जेन्टिनी तथा स्पेनिस क्लब बार्सिलोनाका लियोनेल मेस्सीको वरपर घुमिरहेको छ ।

रोनाल्डो र मेस्सीबीच को उत्कृष्ट भन्ने बहस विश्व फुटबलमा चलिरहेको छ । हुन पनि यि दुई खेलाडीले पछिल्लो एक दशकका १२ मध्ये ११ बालोन डिओरको अवार्ड जितेर यसलाई प्रमाणित गरिसकेका छन् । यसबीचमा एक संस्करण क्रोएसिया तथा स्पेनिस क्लब रियल म्याड्रिडका लुका मोड्रिचले जितेका थिए । यसले गर्दा पनि को उत्कृष्ट भन्नेमा फुटबल पण्डित र समर्थहरुको मत बाँझिनु स्वभाविक नै हो ।

रोनाल्डो (३५ वर्ष) र मेस्सी (३२ वर्ष)नै आफ्नो खेल जीवनको उत्तरार्द्धमा छन् । तर, पनि यिनीहरुको प्रदर्शनमा केही कमी आएको छैन । यि दुई खेलाडीले आफ्नो झन्डै दुई दशकको फुटबल करियरमा नजितेको र कीर्तिमान नबनाएको केही बाँकी छैन ।

हामी यहाँ आज रोनाल्डोको बारेमा चर्चा गर्दैछौ । ५ पटकको बालोन डि ओर विजेता रोनाल्डो पोर्चुगल र स्पेनिस क्लब रियलको सर्वाधिक गोलकर्ता हुन् । उनी युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्तासमेत हुन् । उमेर ३५ वर्ष रहेपनि उनीमा अझैपनि युवा खेलाडीमा जस्तै जोश छ । उनले क्लब र राष्ट्रका लागि लगातार उच्च प्रदर्शन गरिरहेका छन् ।

यहाँ रोनाल्डोको २० कीर्तिमानलाई उल्लेख गरिएको छ ।

– युइएफए प्रतियोगितामा सर्वाधिक गोल – १३१

– युइएफए च्याम्पियन्स लिगमा सर्वाधिक गोल – १२९

– युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्वाधिक गोल – १७ (२०१३/०१४)

– युइएफए च्याम्पियन्स लिग फाइनलमा सर्वाधिक जित – ५ पटक (एकपटक म्यानचेस्टर युनाइटेड र चारपटक रियल म्याड्रिडबाट)

– च्याम्पियन्स लिगको फाइनलमा लगातार तीन सिजन गोल गर्ने एक्ला खेलाडी

– च्याम्पियन्स लिगको समूह चरणका सबै ६ खेलमा गोल गर्ने एक्ला खेलाडी

– च्याम्पियन्स लिगमा लगातार ११ खेलमा गोल गर्ने एक्ला खेलाडी

– च्याम्पियन्स लिगमा एकै क्लब (युभेन्टस) विरुद्ध सर्वाधिक गोल गर्ने खेलाडी (१० गोल)

– स्पेनिस क्लब रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता (४३८ खेल– ४५० गोल)

– सर्वाधिक युइएफए क्लब फुटबलर, बेस्ट प्लेयर र मेन्स प्लेयर जित्ने खेलाडी – ४ पटक

– सर्वाधिक पटक युइएफए टिम अफ दि इयरमा पर्न सफल – १४ पटक

ronaldo portugal

– युरोकपमा सर्वाधिक खेल खेल्ने खेलाडी – २१ खेल

– युरो र विश्वकप सर्वाधिक खेल खेल्ने कीर्तिमान –३८ खेल (जर्मनीका बास्टियन स्वान्सटाइगरसँग बराबरी)

– युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडी – ९ गोल (फ्रान्सका मिचेल प्लाटिनीसँग बराबरी)

– युरोकपको चारै संस्करणमा गोल गर्ने खेलाडी (४ युरोकप)

– युरोकपका दुई संस्करणमा तीन भन्दा बढी गोल गर्ने एक्लो खेलाडी (२०१२ र २०१६)

– युरो कपमा (छनोटसहित) सर्वाधिक गोल गर्ने खेलाडी – ४० गोल

– युरो र युरोपियन विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी – ६१ गोल

– युरोपको सर्वाधिक गोलकर्ता (९९ गोल) विश्वमा दोस्रो स्थानमा इरानका अली दाई (१०९) भन्दा पछि

March 16, 2025

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलकि निर्णायक बन्यो । जितले आर्सनललाई लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । माइकल अर्टेटाको टोलीले पछिल्ला ३ खेलमा जितको स्वाद चाख्न पाएको थिएन । आजको सफलताले आर्सनलले तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग […]

March 16, 2025

झापालाई हिमालयनको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा सहभागी फ्रेन्चाइज टोली झापा फुटबल क्लबले तेस्रो सिजनका लागि बैंकिङ पार्टनरमा हिमालयन बैंकसँग सम्झौता गरेको छ । झापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सम्झौताबारे जानकारी दिएको हो । दुवै पक्षले नेपाली फुटबलमा खेल भावना अभिवृद्धि गर्ने लक्ष्यसहित यो सहकार्य गरेको बताएका छन् । झापाको एनएसएलमा यो […]

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

सुशील पन्त क्षेत्री,चितवन विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ। रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो । खेलमा पुलिसले […]

Success

Thank you for your time.