5 years ago
April 16, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका खेलाडीद्वय ड्यानियल रुगानी र ब्लेइस म्याटुइडी कोरोना भाइरस (कोभिड–१९) मुक्त भएका छन् ।
२५ वर्षीय इटालियन डिफेन्डर रुगानी र ३३ वर्षीय फ्रेन्च मिडफिल्डर म्याथुइडीले संक्रमण भएको थाहा पाएलगत्तै आइसोलेसनमा बसेपछि कोरोना भाइरसबाट निको भएको क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । क्लबले दुवै खेलाडीमा दोहोरो परिक्षण गर्दा कोरोना भाइरस नेगेटिभ देखिएको बताएको छ । अब उनीहरु अझै दुई साता सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ ।
रुगानी कोरोना संक्रमण देखिने पहिलो इटालियन सिरी ‘ए’ खेलाडी बनेका थिए । त्यसको केही सातापछि फ्रेन्च खेलाडी म्याुथइडीमा पनि कोरोना भाइरस देखिएको थियो । दुवै खेलाडीले कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा उपचारमा पुगेका थिए ।
यस्तै युभेन्टसका अर्का अर्जेन्टिनी फरवार्ड पाउलो डिबालामा पनि कोरोना संक्रमण देखिएको थियो । उनी पनि उपचारबाट स्वस्थ हुने क्रममा रहेको क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोरोना महामारीकै कारण इटाली सरकारले मे ३ सम्म लकडाउन घोषणा गरेको छ । सोही काराण इटालीमा खेलकुद गतिविधि ठप्प छ ।
त्यसपछि सामान्य भएको अवस्थामा इटालियन फुटबल एसोसिएसन (एफआइजिसी) ले स्थगित सिरी ‘ए’ ले पुन सुचारु गर्न सक्ने योजना अघि सारेको छ । त्यसअघि प्रशिक्षण सुरु हुनुअघि एफआइजिसीले सिरी ‘ए’ मा सम्पुर्ण खेलाडीहरुको कोरोना परिक्षण गर्ने बताएको छ । परिस्थिति सहज बनेको अवस्थामा सिरी ‘ए’ जुन पहिलो साता हुन सक्नेछ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]