default_image

5 years ago

April 16, 2020

नेयमार र मार्टिनेज अनुबन्ध गर्न बार्सिलोनालाई जाभीको सुझाव

133 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका लेजेन्ड तथा कतारी क्लब अल सादका प्रशिक्षक जाभी हर्नान्डेजले आफ्नो पुर्व क्लब बार्सिलोनालाई आउदो समरमा ब्राजिली नेयमार र अर्जेन्टिनी लोउटारो मार्टिनेजलाई अनुबन्ध गर्न सुझाव दिएका छन् । 

 

ब्राजिली नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा र मार्टिनेजलले इटालियन क्लब इन्टर मिलानमा उच्च प्रदर्शन गरिरहेका छन् । त्यसैले जाभीले मार्टिनेजलाई अनुबन्ध गर्न तथा नेयमारलाई पुनः क्लबमा फर्काउन सल्लाह दिएका हुन् । एक अन्तर्वार्ताका क्रममा जाभाीले बार्सिलोनाले मार्टिनेजलाई चासो देखाउनुमा कुनै अचम्म नरहेको समेत बताए ।

‘मलाई उनी मन पर्छ । उनी डिफेन्सबाट सर्तक् भएर खेल्छ । पासिङ पनि राम्रो छ । उनी खुला या क्लोज जुनसुकै अवस्थामा पनि खेल्न सक्ने क्षमताका छन् । बार्सिलोनाले उनलाई चासो दिनु स्वभाविक नै हो ।’ जाभीले भने । मार्टिनेजको मुल्य ९७ मिलिय पाउन्ड रहेको छ । २२ वर्षीय मार्टिनेजले यो सिजन इन्टर मिलानबाट ३१ खेलमा १६ गोल गरेका छन् ।

उनले आफ्नो अर्जेन्टिनी सहयात्री तथा कप्तान लियोनेल मेस्सीसँग क्लब फुटबलमा पनि सँगै खेल्ने मनासय बनाएका छन् । जसका लागि बार्सिलोनाले अघिल्लो समरमा अनुबन्ध गरेका फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमनलाई साटफेर गर्न सक्नेछ । अर्काे प्रश्नमा जाभीले आफ्नो पुर्व सहयात्री नेयमारलाई बार्सिलोनाले फर्काउने प्रयास गरिरहेको र यसमा यसपटक सफलता प्राप्त गर्ने बताएका छन् ।

‘किन छैन । मैले उनीसँग ड्रेसिङ रुम शेयर गरेको छु । उनी निकै राम्रा छन् । उनी व्यावसायिक छन् । टिमका लागि उनले निकै राम्रो खेलेको थियो । म क्लबको विषयमा जान चाहन्न । तर, उनी (नेयमार) विश्वको पाँच उत्कृष्ट फरवार्ड मध्येको एक हो ।’ जाभाीले भने ।

२८ वर्षीय नेयमार २०१७ मा २२२ मिलियन पाउन्डमा विश्व कीतिमानी मुल्यमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । चोट र इन्ज्युरीका कारण केही खेल गुमाएपनि नेयमारले यो सिजन २२ खेलमा १८ गोल र १० असिस्ट दिएका छन् ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.