5 years ago
April 15, 2020
एजेन्सी – जापानी युवा स्टार ताकेफुसा कुबो हाल स्पेनिस ला लिगाको मालोर्कामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । बार्सिलोनाको एकेडेमीमा हुर्केका कुबो यसै सिजनको सुरुवातमा रियल म्याड्रिडमा अनुबन्धित भएका थिए ।
कुबोले यस सिजन रियलको दोस्रो टोली कास्तिलाबाट खेल्ने अपेक्षा गरिएको थियो । तर उनले ला लिगामै खेल्ने निर्णय लिँदै मालोर्काको प्रस्तावलाई स्वीकार गरे । सामान्यतया रियलका खेलाडी कास्तिलाबाट खेलेर पहिलो टिममा छनोट हुन खोज्छन् । तर कुबोले आफ्नो स्तर परिक्षाकै लागि मालोर्काबाट खेल्न रोजेको बताए ।
‘रियलबाट प्रि सिजनका खेलमा मैले उत्कृष्ट खेलाडीहरुसँग मैदानमा खेल्ने मौका पाएँ । मैले त्यसबेला आफूले सोचेजस्तो प्रदर्शन गर्न सकें । त्यसले पनि मलाई निकै उर्जा दियो । मालोर्काले मलाई ला लिगामा नै खेल्ने अवसर दिने बताएपछि आकर्षित भएँ । कास्तिलामा मैले प्रशिक्षक राउलबाट धेरै सिक्ने अवसर पाएको थिएँ, तर मालोर्काको प्रस्ताव नकार्न सकिन,’ कुबोले भने ।
बार्सिलोनामा एकेडेमीमा खेलेर हुर्केका कुबोले आफू अहिले भने पूर्ण रुपमा म्याड्रिडकै खेलाडी भएको बताए । ‘ म सुरुवातमा बार्सिलोना, टोकियो र योकोहामा मारिनोजलाई धन्यवाद दिन चाहन्छु । साथसाथै मालोर्का र मेरा सम्पूर्ण सहकर्मी साथीहरुलाई पनि । मेरा प्रशिक्षक जसले मलाई यहाँसम्म ल्याउनुभयो, सबैलाई धन्यवादभन्न चाहन्छु । म १८ वर्ष पुगेपछि मेरो अगाडी धेरै विकल्प थियो । म्याड्रिडले पनि प्रस्ताव अगाडी सारेको थियो र मैले त्यहि रोजें । म खुसी छु कि म अब पूरै म्याड्रिडकै खेलाडी भएको छु,’ उनले थपे ।
‘रियल म्याड्रिडबाट प्रि सिजनको प्रदर्शनले निकै उर्जा थपेको कुबोले अनुभव साटे । ‘मलाई धेरै मान्छेको सहयोग मिलेको कारण नै मैले एकदम चाँडो खेलमा जम्न सकें । खेलाडी सहकर्मी र प्रशिक्षक टोली, विशेषगरि जिदानको निकै सहयोग मिल्यो । जिदानले निकै सुक्ष्म ढंगले खेल अध्ययन गरेर मलाई निकै प्रश्न गर्नुभएको थियो,’ कुबोले सुनाए ।
कुबोले आफ्नो खेल्ने शैली र आफूलाई सहज लाग्ने खेल्ने पोजिसनबारे चर्चा गर्दै अन्तर्वार्ता अन्त्य गरे । ‘टोलीले कस्तो रणनीति अपनाएको छ, त्यहिअनुसार मैले खेल्ने हो । मालोर्कामा मैले राइट विंगरको रुपमा खेलिरहेको छ । मेरो खेल्ने शैली भने स्ट्राइकर पछाडी आक्रामक मिडफिल्डरको रुपमा सुहाउँदो छ । मैले त्यसो हुँदा बल लिने, ड्रीबल गर्ने, पास र सुट सबै गर्ने विकल्प हुन्छ । तर राइट विंगमा पनि मलाई सहजै लागेको छ,’ उनले टुंग्याए ।
यसअघि सिजनको सुरुवातमा जापानका १८ वर्षीय ताकेफुसा कुबोलाई क्लबमा ल्याउन बार्सिलोना र रियलले नै अन्तरिक तयारीमा थालेका थिए । देशबाहिरका खेलाडीलाई १८ वर्ष नपुग्दै अनुबन्धन गर्न नपाइने हुँदा बार्सिलोना यसअघि पनि समस्यमा परिसकेको थियो । यसै वर्ष जुनमा १८ वर्ष पूरा भएपछि रियलले कुबोलाई अनुबन्धन गरेको थियो ।
रियल र बार्सिलोनासँगै पीएसजीले पनि पछिल्लो समय ताकेका एजेन्टलाई सम्पर्क गरेको थियो । तर कुबोले रियललाई नै आफ्नो रोजाइमा राखेका थिए । यसअघि बार्सिलोनाले कुबोलाई उमेर नपुग्दै भित्र्याउँदा फिफाले कारवाही गरेको थियो । त्यसबेला उनले बार्सिलोनामा ३ वर्ष बिताउँदै उमेर समूहमा खेलेका थिए । कारवाहीपश्चात उनी जापान फर्केर त्यहाँको शीर्ष डिभिजनको लिग खेले ।
कुबो आक्रामक मिडफिल्डमा खेल्दै गोल गर्ने अवसर सिर्जना गर्न माहिर मानिन्छन् । उनले आफ्नो उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । प्राविधिक रुपमा निपुण ताकेले १६ वर्षको उमेरमा नै जापानको यू-२० टोलीबाट खेलिसकेका थिए ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]