default_image

5 years ago

April 15, 2020

‘नेयमारले पिएसजीका लागि धेरै गरेका छन्’

118 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) मा नेयमारको भूमिका कति महत्वपूर्ण छ भन्ने पछिल्लो घटनाक्रमले पुष्टी गरेको टोलीका आन्द्रे हेरेराले बताएका छन् ।

कोरोना भाइरस कोभिड १९ को कारण फुटबल गतिविधि स्थगित हुनुअघि बोरुसिया डर्टमण्डविरुद्धको अन्तिम १६ को दोस्रो लेगमा पुरागमनका लागि नेयमारले खेलेको भूमिकाको उनले खुले प्रशंसा गरेका छन् । पहिलो खेल २–१ ले गुमाएको पिएजसीले दोस्रो लेगमा २–० को जित जित निकाल्दै समग्रमा ३–२ को अग्रताका साथ अघिल्लो चरणको यात्रा गरेको थियो ।

‘अन्तिम १६ को दुई लेगेको बीचका ३ साताको बीचमा नेयमारले हाम्रो समूहका लागि निकै राम्रो गरेका थिए,’ उनले भने, ‘मलाई अहिले पनि राम्ररी याद छ । उनले लन्चका लागि टोलीका सबैलाई आफ्नो घरमा बोलाए । अनि उनले टोलीको एकताका लागि प्रयास गरे ।’

उनले नेयमारले पिएसजीका बारेमा चिन्तित रहेको आफुले महसुस गरेको बताएका छन् । ‘उनले समूहका लागि हरसम्भव प्रयास गरे । मलाई अविश्वसनिय लाग्यो,’ हेरेराले थपे, ‘उनले हामी सबैलाई एक बनाए । उनले हामीलाई धेरै प्रेरित गरे ।’

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

March 17, 2025

एपिएफको जितमा रश्मिको ह्याट्रिक

सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

Success

Thank you for your time.