5 years ago
April 15, 2020
एजेन्सी – एसियन फुटबल महासंघ (एएफसी) ले यही मे र जुन महिनामा हुने भनिएका सबै फुटबल प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र त्यसाको प्रभाव नघटेपछि एएफसीले मे र जुन महिनालाई तय भएको सबै फुटबल प्रतियोगिता सार्ने निर्णय गरेको हो ।
एएफसीले अहिले प्रतियोगिता भन्दा पनि सबैको स्वास्थ्य नै ठुलो रहेको र अर्काे सुुचना जारी नभएसम्मको लागि फुटबल गतिविधि स्थगित गर्ने निर्णय गरेको हो । यसअघि एएफसीले मार्च र अप्रिल महिनामा हुने भनिएको सबै प्रतियोगिता स्थगित गरेको थियो ।
जसका कारण नेपालमा हुने विश्वकप तथा एसियन कप छनोटको दुई खेल चाइनिज ताइपेई र अष्ट्रेलियाबीचको खेल पनि स्थगित भएको थियो । मुख्य गरी २०२० एएफसी कप च्याम्पियन्स लिग र एएफसी कपको समूह चरण सकाउनुपर्ने दवावमा रहेका कारण एएफसी आफ्नो सदस्य राष्ट्रसँग नियमित सम्पर्कमा रहेर आवश्यक रणनीति र सम्भावित मितिबारे छलफल गरिरहेको छ ।
कोरोनाकै कारण मार्च दोस्रो सातादेखि विश्व खेलकुद गतिविधि ठप्प छ । नेपालमा पनि खेलकुद गतिविधी केहि समय बन्द नै रहनेछ । विदेशी लिगहरुमा समर्थक बिना लिग गर्ने भनेपनि नेपालका भने त्यस्तो सम्भावना भने देखिँदैन ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]