default_image

5 years ago

April 16, 2020

फ्रेन्च लिग मध्य जुनदेखि सुचारु गर्ने तयारी

107 views

0 Bookmark

एजेन्सी – लिग दि फुटबल प्रोफेसनल (एलएफपी) फ्रेन्च लिग वान आयोजकले यो सिजनको फ्रेन्च लिग वान मध्य जुनदेखि सुरु गरेर जुलाई अन्तिमसम्म सकाउने योजना अघि सारेको छ ।

विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण विश्व खेलकुद नै पछिल्लो एक महिना यता ठप्प छ । फ्रेन्च लिग वान १६ मार्चदेखि स्थगित छ । यसबाीचका फ्रेन्च लिग वान आयोजकले लिव जान १७ जुनदेखि शुरु गरेर २५ जुलाईमा सकाउने योजना अघि सारेको छ । जसअनुसार खेल ‘क्लोज डोर’ मा हुनेछ । एक टोलीले ३ दिनको अन्तरमा एक खेल खेल्नुपर्नेछ ।

फ्रेन्च पत्रिका एल इक्वीपेका अनुसार यो अवधिमा रेलिगेसन, प्रमोशनको लागि पर्याप्त समय हुने उल्लेख गरेको छ । यस्तै फ्रेन्च लिग आयोजकले युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले अगस्टमा च्याम्पियन्स लिग र युरोपा लिग सुचारु गर्ने तयारी गरिरहँदा फ्रान्सबाट यि दुई लिग खेल्ने क्लबहरुलाई अनुमति दिने छ ।

‘एलएफपीले फ्रान्समा सबै खाले फुटबल शुरु गर्ने योजना अघि सारेको छ । तर, खेल सर्न सक्ने विषयको बारेमा सोचेको छैन । २७ जुनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोनबीच कोपा डि फ्रेन्च कपको फाइनल क्लोज डोरमा खेलाउने तयारी गरेको छ । त्यसपछि पीएसजीले ११ जुलाईमा कोपा दि लिग फाइनलमा सेन्ट इटिनेसँग खेल्ने तयारी छ । फ्रान्समा फुटबल सुरु नभएको अवस्थामा फुटबलमा लगानी गरेका ठुला स्टेक होल्डरहरुले भुक्तानी रोक्न सक्ने समेत उल्लेख छ,’ एलएफपीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फ्रेन्च लिग वानको २८औं चरणको खेल जारी रहँदा खेल स्थगित भएको थियो । पीएसजी २७ खेलबाट ६८ अंक जोडेर फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको छ । २८ खेलबाट ५६ अंक जोडेको मार्सेली दोस्रो स्थानमा रहेको छ । लिग वानमा ८ चरणको खेल बाँकी रहेको छ ।

March 17, 2025

७० बर्षपछि न्युक्यासललाई पहिलो घरेलु उपाधि

एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको‌ छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]

March 17, 2025

बार्सिलोनाको पुनरागमन जित

एजेन्सी – स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । सोमवार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै बार्सिलोना तथा रियल मड्रिडसँग अंक दुरी कम गर्ने मौका एट्लेटिकोले गुमाएको छ । एट्लेटिको घरेलु मैदानमा […]

March 17, 2025

युनाइटेडको सहज जितमा फर्नान्डेजको उच्च प्रदर्शन

एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ। युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष […]

Success

Thank you for your time.