default_image

5 years ago

April 15, 2020

बायर्न र नुयोरबीच सहमति हुन सकेन !

134 views

0 Bookmark

एजन्सी – गोलकिपर म्यानुयल नुयोर र बायर्न म्युनिखबीच नयाँ सम्झौताका विषयमा भएको छलफल अहिलेका लागि विना सहमति टुंगिएको छ । झन्डै दशकयता बायर्नको पोष्ट सम्हालेका नुयोरको क्लबसँगको सम्झौता सन् २०२१ सम्म छ ।

त्यसको पृष्ठभुमीमा सम्झौता नविकरणका लागि भएको छलफल सुखद भने हुन सकेन । जर्मनी राष्ट्रिय टोलीका समेत गोलकिपर रहेका नुयोरको शर्तलाई क्लबले अस्वीकार गरेपछि नयाँ सम्झौताका विषयमा सहमति हुन नसकेको बताइएको छ ।

नुयोरले सिजनको २० मिलियन युरोका साथै २०२५ सम्म सम्झौता गर्नुपर्ने शर्त राखेको बताइएको छ । तर क्लबले भने उनीसँग २०२३ सम्म मात्र सम्झौता गर्न चाहेको थियो । यहि अवस्थामा छलफल टुंगिएपछि जर्मनी टोलीका सफल गोलकिपरको भविष्य बायर्नमा अन्योल देखिएको छ ।

बायर्नले क्लबको भविष्य मध्यनजर गर्दै साल्काका गोलरक्षक एलेक्जेन्डर नुबेललाई भित्राउने सहमति गरिसकेको छ । क्लबले यसका बाबजुद नुयोरलाई सम्झौता नविकरण गर्ने अवसर दिएको थियो ‌। सम्भवत नुयोरले सम्झौता नविकरण नगरे क्लबले दोस्रो रोजाइको गोलरक्षक खोज्न बजार पस्नुपर्ने हुन्छ । नुयोर पनि साल्काबाट नै बायर्न आएका थिए ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.