5 years ago
April 14, 2020
एजेन्सी – बेल्जियन राष्ट्रिय टोली तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी मारोउने फेलाइनी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएका छन् ।
कोरोना संक्रमण हुने पहिलो चिनिया सुपर लिग (सिएसएल) खेलाडी बनेका फेलाइनी २१ दिन पछि कोरोनाबाट मुक्त भएको अस्पतालले पुष्टि गरेको छ । उनकोे जिना शहरस्थित एक अस्पतालमा उपचार भएको थियो । उनी कोरोनाबाट मुक्त भएपनि थप निगरानीका लागि १४ दिन क्वारेन्टाइनमा बस्नेछन् ।
फेलाइनीले इन्स्टाग्राममा आफ्नो कोठामा व्यायाम गर्दै गरेको भिडियो पोस्ट गरेका छन् । ‘फेलाइनीको मुल्याङ्कन गरियो । उनी अहिले पुर्ण रुपमा स्वास्थ्य देखिएका छन् । उनमा अहिले कोरोनाको कुनै संक्रमण देखिएन । उनी पुर्ण रुपमा निको भएका छन् ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चिनिया क्लब सानडोङ लुनिङले गत २२ मार्चमा ३२ वर्षीय फेलाइनीमा कोरोना भाइरसको सकरात्मक लक्षण देखिएको पुष्टि गरेको थियो । चीनबाटै शुरु भएको कोरोना भाइरसको प्रकोप अहिले विश्वभर फैलिरहेपनि चिनिया खेलाडीहरुमा यसको संक्रमण देखिएको थिएन । चीन बाहिर अन्य खेलाडीहरुमा भने कोरोना संक्रमण देखिएको थियो ।
कोरोना भाइरसको संक्रमण हुन त्रासले सिएसएल खेलाडील चीन छाडेका थिए । अहिले चीनको कोरोना सामान्य बन्दै गएपछि खेलाडीहरु स्वदेश फर्कने क्रम बढेको छ । फेलाइनीको टिम सानडोङ लुनिङ पनि केही दुवईमा पुगेको थियो । फेब्रुअरी २० मा उनी बेल्जियम, मोरक्को र माल्दिभ्स हुँदै चीनमा पुगेका थिए । उनी सिंगापुरबाट सांघाई पुडोङ इन्टरनेसनल एयरपोर्टबाट चीन पुगेपछि परिक्षणको क्रममा उनको संक्रमण पुष्टि भएको हो ।
फेलाइनीले ११ वर्ष इंग्ल्यान्डमा बिताएका थिए । यसक्रममा उनले एभर्टन र म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए । त्यसपछि उनी २०१९ मा १० मिलियन पाउन्डमा चीनतर्फ लागेका थिए । उनले चिनिया लिगको पहिलो सिजनमा ३४ खेल खेल्दै १२ गोल र ५ असिस्ट दिएका छन् ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]