default_image

5 years ago

April 14, 2020

‘बार्सिलोना मेरो घर हो’

137 views

0 Bookmark

एजेन्सी – क्यामरुन तथा डच क्लब आयाक्सका गोलरक्षक आन्द्रे ओनानाले स्पेनिस क्लब बार्सिलोना आफ्नो घर रहेको र क्लबले चाहेको अवस्थामा जुनसुकै बेला पनि फर्कन सक्ने बताएका छन् ।

२४ वर्षीय ओनानालाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब चेल्सीले चासो देखाइरहेपनि उनले बार्सिलोना फर्कने मनासयमा छन् । बार्सिलोनाको एकेडेमीमा हुर्किएका ओनानाले गतवर्ष बार्सिलोनाको प्रस्ताव आएपनि उपयुक्त समय नभएको भन्दै प्रस्ताव अस्वीकार गरेका थिए । तर, ओनानाले आउदो समरमा बार्सिलोनाको प्रस्ताव आएको खण्डमा स्वीकार्ने बताएका छन् ।

ओनानाको क्लब आयक्सका प्रशिक्षक र क्लब अध्यक्ष जोसेप मारिया बार्टाेमेउसँग उनको राम्रो सम्वन्ध रहेको छ । ओनाले २०१० देखि २०१५ मा बार्सिलोनाको युथ एकेडेमीमा आफ्नो प्रतिभा निखारेका थिए । ‘मलाई यहाँ भन्न गाह्रो छैन । किनकि बार्सिलोनाको अध्यक्ष बार्टाेमेउ र प्रशिक्षकहरुसँग अझै राम्रो सम्वन्धमा छु । मैले भने बार्सिलोना मेरो घर हो । यदि मलाई फिर्ता जानु छ भने म जुनसुकै समयमा पनि जानेछु,’ ओनानाले भने, ‘तर, अहिले म आयाक्सको गोलरक्षक हुँ । आउदो समरमा के हुनेछ । मेरो ध्यान खेल र मैदानमा केन्द्रित छ । बाँकी कुराहरु मेरो एजेन्टले गर्नेछन् ।’

आयाक्समा ओनानाको सम्झौता २०२२ सम्म रहेको छ । यद्दपि ओनानाले आउदो समरदेखि नै क्लब छाड्ने मनासयमा छन् । दुई क्लबबीचको लामो समयको सम्वन्धका कारण आयाक्सले पनि ओनानालाई ३० देखि ३५ मिलियन पाउन्डसम्ममा बार्सिलोनामा बेच्न सक्नेछ । बार्सिलोनाको पहिलो रोजाईमा पर्न ओनानाले जर्मन गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

यता, फ्रेन्च क्लब पीएसजीले पनि ओनानामाथि चासो देखाइरहेका छन् । पीएसजीले स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व गोलरक्षक केलर नाभासाको विकल्प खोजिरहेको छ । यस्तै प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले पनि आफ्नो पहिलो रोजाईका तथा विश्वकै महँगा गोलरक्षक किपा एरिजाबालागाको विकल्पमा ओनानालाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।

स्पेनिस किपा २०१८ मा स्पेनिस क्लब एथ्लेटिको बिल्वाओबाट ७१ मिलियन पाउन्डमा चेल्सीमा आएपनि निरन्तर संघर्ष गरिरहेका छन् । उनले यो सिजन चेल्सीका लागि १ हजार मिनेट खेलेपनि निकै खराब प्रदर्शन गरेका छन् ।

ओनानाले आयाक्सका लागि १७४ खेल खेल्दा ७४ क्लिन सिट राखेका छन् । ओनानाकै उच्च प्रदर्शनमा आयाक्सले गत सिजन युइएफए च्याम्पियन्स लिगमा अविश्वनीय रुपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । उनी २०१९ को उत्कृष्ट गोलरक्षक समेत चुनिएका थिए ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.