default_image

5 years ago

April 14, 2020

एमबाप्पे र हालान्ड रियलको आक्रमणको जोडी बन्ला ?

141 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड खेलाडी अनुबन्धमा मोटो रकम खर्चन सक्ने क्लब हो । राम्रो खेलाडीको लागि रियल जुनसुकै मुल्य पनि खर्चन तयार हुन्छ । त्यसको उदाहारणको रुपमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र वेल्सका ग्यारेथ बेललाई अनुबन्ध गर्न खर्चिएको रकमलाई लिन सकिन्छ ।

आपसी समझदारी र तालमेलको अभावमा रियल ब्राजिली स्टार नेयमारलाई अनुबन्ध गर्न असफल रह्यो । आफ्ना सदाबहार स्टार फरवार्ड रोनाल्डोले २०१८ मा क्लब छाडेदेखि रियलको अग्रपङ्ति बलियो हुन सकेको छैन । एक समय रियलमा बेल, बेन्जेमा र क्रिस्टियानो (बीबीसी) को जोडीले युरोपियन फुटबलमा उधुम मच्चाएको थियो । अहिले टोलीमा बेल र बेन्जेमा रहेपनि उनीहरुको जोडी जम्न सकेको छैन ।

प्रशिक्षक जिनेदिन जिदानसँगको खराव सम्वन्धका कारण पनि बेलले टोलीमा स्थान बनाउन सकिरहेको छैनन् । यसै सिजन बेल्जियन तथा इंग्लिस क्लब चेल्सीका स्टार इडेन हजार्डलाई अनुबन्ध गरेपनि उनी चोटसँग जुधिरहेका छन् । बेल र बेन्जेमासँगै लुकास भास्क्वेज, लुका जोभिक ब्राहिम डियाज, मारियानो डियाज, भिनिसियस जुनियर र रोड्रिगो रहेपनि उनीहरुको प्रदर्शनमा एकरुपता छैन ।

युवा ब्राजिली खेलाडीहरु भिनिसियस जुनियर र रोड्रिगोले केही हदसम्म राम्रो खेलिरहेका छन् । भनौ रियलको अग्रपङ्ति ध्वस्तै छ । त्यसलै पनि रियल नयाँ फरवार्डको खोजीमा रहेको छ । यसबीचमा रियलल फ्रेन्च फरवार्ड केलियन एमबाप्पे र नर्वेजियन अर्लिङ ब्राउट हालान्डलाई रियलको आक्रमणको जोडी बनाउने योजना अघि सारेको छ । सम्भवत रियलले यि दुई खेलाडीलाई आउदो २ वर्षभित्रमा क्लबमा अनुबन्ध गरिसक्नेछ ।

अष्ट्रियन क्लब साल्जबर्गबाट यसै जनवरीमा जर्मन क्लब बोरुसिया डर्टमन्ड आएयता १९ वर्षीय हालान्डले अहिले विश्व फुटबलमा लोभलाग्दो सफलताको मजा लिइरहेका छन् । उनले डर्टमन्डबाट १२ खेलमा ११ गोल गरिसकेका छन् । यसअघि नै प्रशिक्षक जिदानले विश्वविजेता फ्रान्स तथा पीएसजीका युवा स्टार एमबाप्पेलाई अनुबन्ध गर्ने योजना बनाइसकेका थिए ।

महामारीको रुपमा फैलिएको कोरोना भाइस (कोभिड–१९) को कारण रियलले क्लबमा आउन सक्ने आर्थिक संकटलाई ध्यानमा राख्दै रियलले यो सिजन एमबाप्पे अनुबन्ध गर्न नसक्ने बताइसकेको छ । त्यसकारण रियालले यि दुई खेलाडीलाई रियलले एकैपटक अनुबन्ध गर्न नसकेपनि एकवर्षको अन्तरमा अनुबन्ध गर्न सक्नेछ ।

स्पेनिस पत्रिका मार्काका अनुसार रियलले डर्टमन्ड र पीएसजीका यि दुई युवा स्टारलाई अनुबन्ध गर्न सक्ने उल्लेख गरेको छ । बेन्जेमालाई साथ दिन ल्याइएका लुका जोभिक रियलमा चल्नै सकेनन् । जिदानले यि दुई खेलाडीलाई अनुबन्ध गर्न विशेष योजना बनाइरहेको छ । रियलले आउँदो समरमा हालान्डको रिलिज क्लब ६६ मिलियन पाउन्डभन्दा बढी खर्चन सक्नेछ ।

यसबाहेक रियलले २०२१ को समरमा एमबाप्पेलाई हस्ताक्षर गर्न सक्नेछ । एमबाप्पेकै पीएसजीका सहयात्री नेयमार रियलको नजरमै रहेपनि बार्सिलोनासँग जोडिएका छन् । तर, पीएसजी यि दुई स्टारलाई एक सिजनमा गुमाउन चाहदैनन् । यो समरमा नेयमार बार्सिलोना आएको खण्डमा रियललाई अर्काे सिजन वर्ष एमबाप्पे अनुबन्धको बाटो सहज हुनेछ ।

यसका लागि रियलले एमबप्पे र पीएसजीसँग छलफल बढाउनेछ । पीएसजीमा एमबाप्पेको सम्झौता २०२२ सम्म रहेको छ । यस्तो अवस्थामा रियलले केही कम मुल्यमा एमबाप्पेलाई अनुबन्ध गर्न सक्नेछ । एमबाप्पेको अहिलेको रिलिज क्लब १८० मिलियन पाउन्ड रहेको छ । लगातार उच्च प्रदर्शन गरिरहेको २१ वर्षे एमाबाप्पेले यो सिजन पीएसजीका लागि ३३ खेलमा ३० गोल गरेका छन् ।

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

‘अञ्जिला’ फिल्म हेर्न एन्फाको अनुरोध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]

Success

Thank you for your time.