5 years ago
April 13, 2020
एजेन्सी – इन्टर मिलानका उपाध्यक्ष जेभियर जेनेट्टीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लोनमा खेलिरहेका अर्जेन्टिनी फरवार्ड मोउरो इकार्डी अर्काे सिजन क्लबमा फर्कने सम्भावना न्युन रहेको बताएका छन् ।
मैदानभित्र प्रभावशाली प्रदर्शन गरेपनि व्यवस्थापनसँग खटपट परेपछि सिजनको सुरुवातमा लोनमा पीएसजी पठाइएको थियो । उनले त्यहाँ उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । लगातार उच्च प्रदर्शन गरिरहेका कारण पीएसजीले इकार्डीलाई स्थायी रुपमा अनुबन्ध गर्ने योजना बनाइरहेको छ । जसका लागि इकार्डीले इन्टर मिलान छोड्ने घोषणा गर्नुपर्ने हुन्छ ।
इकार्डीका एजेन्ट तथा आफ्नो श्रीमती वान्डा नाराले भने पीएसजीले इकाडीलाई इटाली फिर्ता गर्न सक्ने बताइरहँदा क्लबका उपाध्यक्ष जेनेट्टीले उनको इटाली फर्कने सम्भावना नरहेको थपेका छन् । ‘मलाई थाहा छैन । मलाई त्यस्तो लाग्दैन । तर अहिले हामी स्थानान्तरणको बारेमा कुरा गरिरहेका छैनौं । अहिलेको अवस्थामा स्वास्थ्य नै ठुलो कुरा हो । यसबारे हामीसँग सोच्ने समय हुनेछ ।’ उनले इएसपिएनसँग भनेका छन् ।
यसबीचमा जेनेट्टीले क्लबका अर्का फरवार्ड लोउटारो मार्टिनेज क्लबमा खुशी रहेको र उनी क्लबमै रहने बताएका छन् । जेनेट्टीले मार्टिनेज क्लबमा खुसी रहेको बताइरहँदा स्पेनिस क्लब बार्सिलोनाले उनलाई भित्र्याउने तयारी गरिरहेको छ । मार्टिनेज अनुबन्ध गर्न इंग्लिस क्लबहरु म्यानचेस्टर सिटी र चेल्सीले पनि चासो देखाइरहेका छन् ।
यो सिजन १६ गोल गरेका मार्टिनेजलाई बार्सिलोनाले लुइस सुआरेजको विकल्पमा लामो समयको अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । ‘इन्टरमा म उनलाई खुसी भएको देख्छु । उनले क्लबमा राम्रो परिचय बनाइसकेका छन् । हामी मार्टिनेजमा विश्वास गर्छाैं र उनको भविष्य इन्टरमै देख्छु, ‘ जेनेट्टीले थपे । २२ वर्षीय मार्टिनेज २०१८ मा अर्जेन्टिनी क्लब रेसिङबाट इन्टर मिलान पुगेका थिए । इन्टरमा उनको सम्झौता अझै तीन वर्ष बाँकी छ ।
इकार्डी भने सन् २०१३ देखि इन्टरमा मिलानमा रहेका छन् । उनी अर्काे इटालियन क्लब साम्पडोरियाबाट इन्टरमा आएका थिए । इकार्डीले इन्टरबाट २१९ खेलमा १२४ गोल गरेका छन् । यो सिजन पीएसजीबाट भने सबै प्रतियोगितामा ३८ खेलमा २० गोल गरेका छन् ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]