default_image

5 years ago

April 13, 2020

चेल्सीका ’लेजेन्ड’ गोलरक्षक पिटरको निधन

120 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड तथा इंग्लिस क्लब चेल्सीका लेजेन्ड पुर्व गोलरक्षक पिटर फिलिप बोनेट्टीको निधन भएको छ । बोनेट्टीको आइतबार राति ७८ वर्षको उमेरमा निधन भएको हो । 

‘दि क्याट’को उपनाम पाएका पिटर लामो समयदेखि रोगसँग लडिरहेका थिए । चेल्सीबाट सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी बनेका बोनेट्टीले दुई पटकमा चेल्सीबाट ७२९ खेल खेलेका थिए । चेल्सीका अर्का लेजेन्ड रोन ह्यारिसले चेल्सीबाट सबैभन्दा धेरै खेल खेलेका छन् ।

बोनेट्टी चेल्सीबाट सबैभन्दा बढी क्लिन सिट राख्ने गोलरक्षक हुन् । तर, २०१४ मा चेकरिपब्लिकका भेट्रान गोलरक्षक पिटर चेकले २०१४ मा सर्वाधिक क्लिन सिट राख्ने कीर्तिमानलाई बराबरी गरेका थिए ।

बोनेट्टीेले १९६० देखि ७५ सम्म चेल्सीमा बिताएका थिए । त्यसपछि अर्काे एक सिजन चेल्सी छाडेका उनी पुन चेल्सीमै अनुबन्धित भएर १९७६ देखि १९७९ सम्म खेलेका थिए । उनले सेन्ट लोइस स्टार्स, डुन्डी र वर्किङ एफसीबाट खेलेका थिए । बोनेट्टीले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ७ खेल खेलेका बोनेट १९६६ मा विश्वकप विजेता टोलीको दोस्रो रोजाईका गोलकिपर रहेका थिए ।

बोनेट्टीले चेल्सीलाई १९६२/६३ र ७६/७७ मा शीर्ष डिभिजनमा बढुवा गर्न महत्वपुर्ण भुमिका निभाएका थिए । यस्तै उनले चेल्सीबाट लिग कप, एफए कप, युइएफए कप विनर्स कपसँगै एफए युथ कप जितेका थिए । उनको निधनप्रति उनको पुर्व क्लब चेल्सीसँगै इंग्ल्यान्ड र फुटबल खेलाडीहरुले समवेदना पनि प्रकट गरेका छन् ।

March 16, 2025

बायर्न बराबरीमा राेकियो

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]

March 16, 2025

मिलानको पुनरागमन जित

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]

March 16, 2025

नटिङ्घमले इप्स्विचलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]

Success

Thank you for your time.