5 years ago
April 13, 2020
एजेन्सी – कोरोना भाइरस कोभिड १९ का कारण युरोपियन गायत विश्वका अधिकांश देशका फुटबल स्थागित छन् । विश्व व्यापी रुपमा संक्रमण कम भइनसकेकोले युरोपियन फुटबल सुरु हुने शंका छ ।
फुटबल पुनः सुरु हुन सकेन भने बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीले यो सिजन गोल्डेन बुट गुमाउनु पर्ने हुन सक्छ । यद्दपी स्पेनिस ला लिगा स्थगित हुँदा मेस्सी सर्वाधिक गोलकर्ताका रुपमा रहेका छन् । यसपटक सिजनको सुरुवातमा चोटका कारण मेस्सी टोलीमा थिएनन् । सिजनको पाँचौं खेलमा ग्रानडाबाटको खेलबाट उनी खेल्न थालेका थिए ।
मेस्सीलाई फर्ममा आउन पनि समय लागेको थियो उनले अक्टुबर ६ मा सेभिल्लाविरुद्धको खेलमा गोल गरेका थिए । पाँच पटकका गोल्डन बुट विजेता मेस्सी अहिले युरोपमा सर्वाधिक गोलकर्ताको छैटौं स्थानमा छन् । उनको १९ गोल छ । पछिल्लो तीन पटक लगातार गोल्डेन बुट जितेको मेस्सीसँग लेस्टर सिटीका जेमी भार्डी रहेका छन् ।
लाजियोका सिरो इमोबिले २७ गोलका साथ शीर्षस्थानमा छन् । त्यसपछि २५ गोलका साथ बायर्न म्युनिखका रोर्बेट लेवान्डोस्की दोस्रो, २१ गोलका साथ क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा छन् । त्यसपछि इर्लिङ हलान्ड र टिमो वेर्नर रहेका छन् ।
अर्को तिर ला लिगामा भने मेस्सी शीर्षस्थानमा छन् । उनी भन्दा ५ गोल कम गरेका करिम बेन्जिमा दोस्रो स्थानमा छन् । लुइस स्वारेज, जेरार्ड मोरेनो, लुकास पेरेज र रोजर मार्टीको समान ११ गोल छ ।
स्पेनिस फुटबल महासंघ र एसोसिएसन अफ स्पेनिस फुटबलर्स ला लिगाको सिजन सक्ने पक्षमा छन् । तर, अहिले सम्म फुटबल कहिलेबाट सुरु हुन्छ भन्ने अवस्था छैन । यदि ला लिगा सुरु भए भने उनले घरेलु लिग र युरोपको उच्च गोलकर्ताका लागि प्रतिस्पर्धा भने पक्कै गर्नेछन् ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]