5 years ago
April 12, 2020
एजेन्सी – विश्व फुटबलमै प्रख्यात रहेको एल क्लासिको अर्थात् स्पेनका दुई ठूला टोली रियल म्याड्रिड र बार्सिलोनाबीच हुने भनिएको मैत्रीपूर्ण खेल कोरोना भाइरस (कोभिड–१९) को कारण रद्द भएको छ । प्रि सिजनमा आयोजना हुने यस वर्षको इन्टरनेसनल च्याम्पियन्स कप (आइसीसी) प्रतियोगिता नै नहुने भएपछि क्लासिको पनि रद्द भएको हो ।
विश्वका विभिन्न राष्ट्रहरुमा हुने आइसीसी कपमा बार्सिलोना र रियलसँगै प्रिमियर लिगका क्लबहरुले खेल्ने तय भएको थियो । तर, कोरोनाको कारण आइसीसी कप स्थगित गरिएको आयोजकले जनाएको छ । अमेरिका, एसिया, युरोप लगायत विभिन्न महादेशमा प्रतियोगिता आयोजना हुँदै आएको थियो ।
‘कोरोनामा ज्यान गुमाउनेहरु प्रति हाम्रो समवेदना छ । यो अवस्थामा हामीले खेल गर्ने छैनौं । यो अवस्थामा खेलाडी, कर्मचारी, प्रशंसक र हाम्रो खेलमा संलग्न सबैको स्वास्थ्य र सुरक्षा ठुलो हो,’ रेलभेन्ट स्पोर्ट्सका प्रमुख कार्यकारी डानियल सिलम्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आयोजकले यसपटक बार्सिलोना र रियलबीचको खेल अमेरिकाको क्यालिफोर्नियाको हलिवुडमा रहेको ७० हजार दर्शक क्षमताको सोफी स्टेडियममा खेलाउने तयारी गरेको थियो । सोफी स्टेडियम निर्माणधीन अवस्थामा छ । पछिल्लो समय विशेषगरी उत्तर अमेरिका र एसियामा यो प्रतियोगिता हुदै आएको छ । जसमा विश्वका ठुला क्लबहरुले सहभागिता जनाउने र आफ्नो समर्थक बनाउँदै आएका थिए ।
कोरोनाका कारण अहिले विश्वभरको खेलकुद पछिल्लो एक महिनायता ठप्प छ । उत्तरार्धमा रहेका युरोपका घरेलु लिग फुटबलसँगै च्याम्पियन्स लिग र युरोपा लिगको खेल पनि स्थगित छन् । लिगहरु सुचारु हुने नहुने भन्न सकिने अवस्था बनेको छैन । जर्मनीमा भने अर्को महिनादेखि लिग सुरु गर्ने आन्तरिक तयारी रहेको छ ।
‘हामी यो सुनिश्चित गर्न चहान्छौं । यो निश्चित समयको लागि सानो प्रतियोगिता हो । युरोपका ठूला र चर्चित क्लबहरुको उत्साहजनक सहभागिता छ । क्लबले पनि नाम चलेका ठुला खेलाडीहरु ल्याएर हाम्रो योजनालाई साथ दिएका छन् । क्लबको फ्यान र खेल हेर्न आउने समर्थकहरुलाई धन्यवाद दिन चहाँन्छौं,’ सिलम्यानले भने ।
इन्टरनेसनल च्याम्पियन्स कप २०१३ देखि हरेक नयाँ सिजन सुरु हुनु अघि जुलाई र अगस्ट महिनामा हुदै आएको थियो । यसलाई पछिल्लो समय सिजनको तयारी तथा नयाँ र पुराना खेलाडीको मापन गर्ने प्रतियोगिताको रुपमा समेत हेरिन थालिएको थियो । पछिल्लो समय लोप्रिय बनिरहेको आइसीसी कप २०१४ मा रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडबीच खेल हुदा सबैभन्दा धेरै १ लाख ९ हजार दर्शकले स्टेडियममा गएर अवलोकन गरेका थिए ।
रेलभेन्ट स्पोर्ट्सका प्रमुख कार्यकारी डानियल सिलम्यानले अर्काे वर्ष अर्थात २०२१ मा अमेरिका र एसियामै उत्कृष्ट भन्दा उत्कृष्ट क्लब छनोट गरेर खेलाउने योजना रहेको बताए । हामीले युरोपियन च्याम्पियनसिपका २४ टोली, दक्षिण अमेरिकी क्षेत्रका १२ टोलीलाई ल्याउने योजना रहेको थपे । अघिल्लो वर्ष १२ टोली प्रि सिजनमा अमेरिका र एसिया भ्रमणमा निस्केका थिए ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]